समुन्द्रपारिको उपचार


कोरियाको राजधानी सउल देखि करिव २७० किमिको दुरिमा  पर्ने आन्दोङको पुङ्छनम्यन भन्ने ठाउमा छ कम्पनि । कम्पनिमा दुई जना मात्र नेपाली छौं । हप्तामा ६ दिन विहानै देखि राति अवेरसम्म काम अनि एक दिन आईतवार आन्दोङ बजार घुम्नु, पिज्जा वर्गर खानु , विदेशी कम भएको ठाउँ भएर पनि होला कोहि नेपाली देखिन्छकि भन्दै आँखा डुलाउनु यसरी नै  वित्छन् दिनचर्याहरु ।

सदा झै एकदिन आईतबार साथीसँग आन्दोङ बजार जान बसमा चढें । बसभित्र एक्कासि पेट दुख्यो ।  सामान्य पेट दुखेको होला भनी वजारमा पुगेपछि पेट दुखेको औषधि किनेर खाए ।  कोरियामा सामान्य रुघा खोकि, ज्वरो , पेट दुखेको औषधि यत्तिकै पसलमा किन्न सकिन्छ भने अन्य औषधिको लागि डक्टरको प्रेसक्रिप्सन नै चाहिन्छ ।

त्यो दिन औषधि खाएपछि अलिलि दुखाई कम  भो यत्तिकै सुतें ।  विहान उठ्दा फेरि दुखाई उस्तै छ तैपनि काममा गएँ । कोरियनहरुले काम, काम अनि काम मात्रै  भन्छन अरु कुरालाई त्यति महत्व दिदैनन् । त्यसैले पनि एक्कासि काममा नजाँदा नराम्रो ठान्लान भनेर गार्है भएपनि काममा जानै पथ्र्यो ।
दिउँसो नजिकैको मेडिकल गए । सामन्य चेकजाँच पछि केही औषधि दियो अनि कोठामा आई आराम गरे । रात पर्यो फेरि ज्वरो आउन थाल्यो । नाईटो वरिपरिको दुखाई पेटको दाहिनेतिर सर्यो । दुुखाई अझै बढेकोले शंका लाग्न थाल्यो । कतै  एपेन्डिसाईटिस (एपेन्डिक्स) त भएन ?

एपेन्डिसाईटिसका बारेमा सामान्य जानकार थिएँ । मान्छेको शरिरमा काम नलाग्ने अङ्ग हो एपेन्डिक्स दाहिने कोखोमा अत्याधिक दुखाई हुनु, सामान्य ज्वरो आउनु यसका लक्षण हुन र छीटो भन्दा छिटो उपाचार नगरे विरामीको मृत्यु समेत हुन सक्छ यतिसम्म थाहा थियो । रातको १० वजिसक्यो पहिला त दुखाई मात्र अब झन डरपनि लाग्न थाल्यो तैपनि डक्टरले दिएको औषधि खाए अनि भुसुक्कै निदाएछु ।

भोलिपल्ट विहानै  कोरियनले  अस्पताल लगिदियो । सामान्य चेकजाँच  पछि डक्टरले पनि एपेन्डिसाईटिसकै शंका गरि पेटको सिटि स्क्यान गर्न भने । सिटि स्क्यान गरे,  एक घण्टामै रिपोर्ट आयो । शंका गरिए अनुसार एपेन्डिसाईटिस नै भएछ । डक्टरले भने तुरुन्त अप्रेसन गर्नुपर्छ ।

पहिल्यै शङ्का गरेको भएरपनि होला मनमा खासै डर आएन । मनलाई अझै बलियो बनाउने प्रयास गरे । शरिरमा काम नलाग्ने अङ्ग फालेर राम्रै होला भन्ने लाग्यो । मन ढुक्कै जस्तो भो । कम्पनिका कोरियनको सहयोगमा  सबै कागजात लगायतका काम सकिसकेपछि  छैठौ तल्लाको ६०६ नम्वर रुममा भर्ना गरियो तुरुन्तै अस्पतालको  ड्रेस परिवर्तन गरे यत्तिकैमा नर्सहरु आए र अप्रेसनको लागि लगे ।

अप्रेसन कक्ष भित्र सुतिरहेको छु ।  नर्ससहरु हतार,हतार यताउता गरिरहेका छन । छेवैमा म जस्तै उत्तानो परिरहेका विरामि देख्छु भित्र कता कता चिच्याईरहेको आवज सुन्छु अनि कतैबाट गाईगुई गरेको आवाज कानमा  ठोक्किन्छ ।

यी सब दृश्य देखेपछि  बल्ल मन झस्किन थाल्यो  । पहिलाको त्यो आत्मवल त कता गयो गयो ।  पेट चिरेर भित्रको मासु निकाल्नु पर्ने । ओहो पेटमै प्वाल पार्ने पो होत । जिन्दगिमा कहिल्यै अप्रेशन नगरेको मान्छे अप्रेसनकै मुखैमै पुगेपछित खै कता कताबाट डर आईहाल्ने रहेछ  ।  नेपाल रहँदा अप्रेसन असफल भई मरेको कति घटनाहरु सुन्थे ।  खैै आज आफै अप्रेसन असफल भई मरिने पो  होकि ? आज जिन्दगिकै अन्तिम दिन पो होकि ? मनमा नानाथरिका कुरा खेल्न थाले, आँखै भरि आफु मरेपछिका दृश्यहरु झल्किन थाले अनि  कुमार कान्छाको गीत सम्झना आयो  जिन्दगिको के भर छर ।।।।

लगत्तै अप्रेसनको लागि तयारि गर्न थाले । डक्टरले खै केके भने, बुझिन । पक्कै  वेहोस गराउने औषधि दिन्छु भनेको होला भन्ठानेर हुन्छ भन्दै  टाउको हल्लाएँ । हातको सुईवाट स्वाट्ट औषधि दिईहाले । टाउकै माथि तीन वटा ठुला ठुला लाईट जस्तैै वस्तुु थिए । भनननन घुमाएर ति तिनवटा वस्तु एउटै भए , अनि अचेत

आफ्फा! आफ्फा!! आवज आईरहेको छ मुखवाट, सायद दुख्यो! दुख्यो!! भन्दा कसैले नबुझ्लान भनेर होला मुखवाट एकोहोरो कोरियन भाषामा  आफसेआाफ  आफा!आफा!!मात्र आईरहेको । अप्रेसन पछि दुखाईको कुनै सिमा छैन । जिन्दगिमा यति सार्हो दुखाईको अनुभव कहिल्यै छैन । कराउदिन भन्दा पनि मुखवाट आवज निस्किएकै छ । शरीर छटपटिएकै छ ।  यत्तिकैमा भर्ना गरिएके वेडमा सुताईदिए । नर्सले  दुखाई कम गर्ने सुई दिईन तर दुखाई  १०० को  ९९ हुन पनि गाह्रो मान्यो ।

आजको दिन यस्तै हो नआत्तिकन सहनु भन्छे । उफ् १ कसरी कटाउने समय ।  दाँत किटेको छु, टाउको बटारेकैै  छु कसैले टाउको अठाईदिए पनि हुन्थ्योनि भन्छु, हेर्छु कोहि छैन । छेउकै भित्तमा  घडि टिकटिक गर्दै चलिरहेको छ तर समय कट्दै कट्दैन । प्रत्येक मिनेट प्रत्यक पल घडि हेर्छु । घडिको सुई एकै ठाउमा देख्छु ।  ऐया ऐया भन्दा भन्दै दिन ढल्यो, रात पर्यो छेउछाउका विरामि घ्वार घ्वार घुरिरहेका छन तर आफुु चाहिँ  आँखा नचिम्लिकनै उज्यालो बनाईयो । यसरी त्यो  दिन जिन्दगिकैे सबैभन्दा लामो दिन भो ।

विहानै नर्सले सुईवाट नदुख्ने औषधि दीए पछि बल्ल दुखाई धेरै कम हुन थाल्यो । अनि ठ्यक्कै ३६ घण्टामा जाउलो खान दियो । शरिरलाई त केही सहज हुन थाल्यो फेरि यो मनलाई असहज हुन सुरु भो ।

यताउता हेर्छु आफ्नो मान्छे कोहि छैन । चार जना वुढाहरु अनि एउटा विदेसि छेउछाउका विस्तारामा लडिरहेका छन । परिवारको निक्कै सम्झना आयो । घरमा फोन गर्यो फोनमै रोईदिन मन लाग्छ ।  विरामि हुँदा घरपरिवार त के पूरा छरछिमेकि नै  भेटघाट गर्न आउने संस्कारमा हुर्केको मान्छे तर यहाँ औषधि खुवाईदिने, सेवा गर्ने मान्छे त टाढैको कुरा , के कस्तो भाछ सोध्ने मान्छे पनि  छैन । यस्तो भोग्नु पर्दा मन भक्कानिदो रहेछ  त्यसै त्यसै अमिलो  बन्दोरहेछ । छेवैमा वसेर कसैले कपाल मुसारिदिए पनि आधा रोग त निको हुदो हो झै लाग्छ तर के गर्नु  यो त  आफै  विरामि  अनि आफै स्याहारे हुनुपर्ने विरानो ठाउँ  रहेछ । यस्तो विरानो ठाँउमा त शत्रुलाई पनि विरामि हुन नपरोस्  ।

जत्ती पीडा भएपनि यो मनलाई सम्झाउनै पथ्र्यो चित्त बुझाउनै पथ्र्यो ।

गाँउमा  घरको बार्दालिमा हजुरबा सुत्ने खाट छ । कहिलेकाहि विरामि हुदाँ शितल हुन्छ भनेर म पनि त्यहि खाटमा सुत्थे । पारिपट्टिको अग्लो डाडा अनि तल बगिरहेको कालिगण्डकिलाई  हेरेर आनन्द लिन्थे  आज पनि म घरमै छु भन्ने सम्झिए हस्पिटलको बेडलाई हजुरबाको बार्दालिको खाट सम्झिए । यसो झ्यालबाट बाहिर चिहाए पारिपट्टि थुम्के थुम्के  डाडा देखिन्छन त्यो डाडालाई घर अघिकै अग्लो डाडा ठानें । तल नाक्दोङ नदि बगिरहेको छ यो नाक्दोङ नदि होईन मेरै घर तलको कालिगण्डकि हो भन्ठाने अनि आनन्द लिए ।

फेरि मनमनै सोचे, आफ्नै देशको अस्पतालमा सुतिरहेका यी  ७०, ८० वर्षका बुढा विरामिको त कोहि कुरुवा छैनन म नाथे हजारौ कोष पारिबाट काम गर्न आएको मजदुरको कहाँबाट होस त कुरुवा ?  मत दुई चार दिन अस्पताल बस्ने त हो कतिपय साथिहरु महिनौदेखि अस्पतालमा तड्पिएर बस्न बाध्य छन, तिनको हाल झन के होला ।

यहाँको अस्पतालमा भावानात्मक रुपमा सान्त्वना दिन तथा धेरै असक्त्त तथा बच्चाहरु भएमा सहयोग गर्न कुरुवाको आवश्यक्ता भए पनि सबै विरामिको लागि नेपालको अस्पतालमा जस्तो अनिवार्य कुरुवा नचाहिने रहेछ ।

नेपालको हस्पिटलमा विरामिलाई  केही गाह्रो भयो भने कुरुवा हारगुहार गर्दै डक्टर, नर्स बोलाउन जानू पर्छ । अप्रेसन गर्नु छ भने काउन्टरमा पहिलै पैसा जम्मा गर्नुपर्छ । विरामिलाई  चाहिने सुई देखी रुई सम्म किन्न पैसा अनि  कम्तिमा एक जना मान्छे तमतयार भईरहनु पर्छ  तर  यहाँ विरामिलाई गार्हो भए विरामिको छेवैमा वटन हुने रहेछ त्यो थिचे पछि नर्स तुरुन्तै आईहाल्ने । अप्रेसन गर्नु अघि पैसा डिपोजिट गर्नु पनि नपर्ने,  विरामिलाई ओषधि किन्न पैसा र मान्छे पनि तमतयार हुनु नपर्ने । उपचार अवधि भर चााहिने औषधि देखि विरामिलाई खाना सम्म सम्पुर्ण व्यवस्था अस्पतालले नै गरिदिने र अन्त्यमा  उपचार सकिएपछि  एकमुष्ट हिसाब गरि बुझाए हुुँँदोरहेछ ।

नेपालमा साथमा पैसा छैन भने अस्पताल जाँदै नगए पनि हुन्छ, पैसा अघि नलाई उपचार नै हुदैन तर यहाँ पैसा नभए पनि विरामि भएर मर्न नपर्ने । कति राम्रो व्यवस्था । पहिला उपचार अनि मात्र पैसा ।

सुविधा मात्र होईन अस्पतालको वातवरण पनि त्यत्तिकै सफा र सुन्दर छ । सोह्रतल्ले आकर्षक भवनमा अवस्थित अस्पतालको भित्र छिरेपछि झुक्किईन्छ यो स्टार होटल हो या अस्पताल ? नेपालको अस्पतालमा फोहोर र औषधिको गन्धले बस्न पनि कति गार्हो हुन्छ तर यहाँ बाहिर त के ढाटेको होईन शौचालय पनि  मगमग बसाउने छ । कति व्यवस्थित गरेर बनाएको होला ।

मेरो छेवैको बेडमा यमनको ठ्याक्कैै मेरो जस्तै समस्या भएको विरामि थियो । म भन्दा एक दिन अघि देखि उपचाररत थियो । उसको डिस्चार्ज भएछ । जाने वेलामा हिसाब गरेर विदाई हुन आयो । एउटै समस्या भएकोले पनि सोधे,

कति खर्च भयो ? उसले विल देखायो । म तर्सिए,  करिब दुई लाख साठी हजार रुपैया लागेको रहेछ । कति महँगो उपचार , फेरि हेरे उसको विमा रहेनछ । सोधेको ईलिगल रहेछ । ईलिगल भएपछि विमा हुने कुरा पनि भएन । विमा नहुदा महँगो खर्च गर्न बाध्य भो उ ।
भोलिपलल्ट मेरो पनि डिस्चार्ज हुनेभयो । विल तिर्नुपर्ने भो साथमा धेरै पैसा पनि थिएन तैपनि कति लागेको छ बुज्छु अनि नपुग साहुलाई भन्नुपर्ला भनेर काउन्टर गए । मेरो कार्ड दिए उसले हिसाब गरि र भनी जम्मा पैंतालीस हजार रुपैया मात्र । पैसा तिरे विल दिई हेरेको त मेरो पनि जम्मा खर्च करिव दुईलाख साठी हजार रुपैया नै लागेको रहेछ तर अरु खर्च सबै विमाले ब्योहोर्ने रहेछ । आहा ! कस्तो गजव हुने रहेछ विमाको व्यवस्था । यस्तै व्यवस्थित स्वास्थ्य विमा नेपालमा पनि भईदिए त कसैले पनि पैसाको समस्याले अकालमै ज्यान फाल्नु पर्ने थिएन नि।
तुरुन्तै अस्पतालबाट डिस्चार्ज भयो, उपचारको क्रममा  कामको व्यस्तताको बावजुद पनि सहयोग गर्ने नेपाली साथि अनि कम्पनिका कोरियन तथा अस्पताल परिवार प्रति आभारि हुँदै कम्पनि फर्किए ।

भोलिपल्ट विहान अपरिचित नम्वर बाट फोन आयो । उठाएँ ।

कोरियन भाषामा केटिको मीठो आवज सुनियो , ‘नमस्कार हमाल जि , कस्तो छ हजुरलाई म आन्दोङ हस्पिटलबाट ।’

‘हजुर नमस्कार ,  पहिला भन्दा धेरै ठिक भाछ ।]

‘आफ्नो राम्रो ख्याल गर्नुहोला केही समस्या भए सम्पर्क गर्नु होला  है ।’

‘हस हुन्छ, धन्यवाद !’ मैले भने

अनि राम्रो सँग वस्नुस है भन्दै विदा भईन ।

उनको त्यो मिठो बोली सहितको व्यवहारले अलिअलि बाँकि रहेको दुखाई पनि पुरै निको भए झै भो ।

अनि मनमा लागिरह्यो, कहिले  होला खै हाम्रो देशमा यस्तै समुन्द्रपारिको जस्तै  व्यवस्थित उपचार ?

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...