Advertisement
SKIP THIS

कोरियाको छन्लाबोक्दो छन्जु स्थित पोङदोङमा छन्जु नेपाली सेल्टरको स्थापना


फोनिज कोरिया संवाददाता

सउल

दाक्षिण कोरियामा पछिल्लो समय नेपाली कामदारको संख्या वृद्धी संगै अस्थाइ बसाई सेल्टरहरुको संख्या पनि बढ्दो छ । नेपाली कामदार बढी भएको एरियामा नेपालीद्धारा संचालित सेल्टरहरु स्थापना हुनेक्रममा कोरियाको दक्षिण् पश्चिमी भेगमा पर्ने छन्लाबोक्दोको छन्जु शहरमा पनि सेल्टर स्थापना गरिएको छ ।

राजु गोतामे र सन्जय थापाको पहलमा कोरिएन नागरिक Ahn Byeongheon को सहयोगमा नेपाली सेल्टर सन्चालानमा आएको हो। छन्लाबोक्दोमा नेपालीको संख्या बडदै गएको र नेपाली सेल्टरको आवस्यकता भएकोले सेल्टर स्थापना गरिएको सेल्टर सन्चालक समितिले जनाएको छ ।

साथै राजु गोतामेको अध्यक्षतामा सन्जय थापा उपाध्यक्ष तेज शाहा सचिब तथा सृजना घिमिरे कोषाध्यक्ष रहने गरि ११ सदस्यीय सेल्टर सन्चालक समितिको पनि गठन भएको छ।छन्लाबोक्दो र आसपासमा रहेका र यो छेत्रमा आउन चाहानेहरुको सुबिधाको लागि सेल्टर खोलिएको हो ।

छन्जुमा रहेको नोदङ्बु सङ्ग समन्वय गरि सेल्टरको स्थापना भएको हो । भाषाको समस्या हुने तथा नोदङ्बु बाट म्यासेज लिएर काम खोज्ने नेपाली कामदारहरुलाइ सहजताको भुमिका सेल्टरले खेल्नेछ । पहिला के काम गर्ने कति तलब पाए काम गर्ने कुन एरियामा काम गर्ने छुट्टी तथा काम गर्ने समयको समेत जानकारी गराएर जान इच्छुक भएमा मात्र म्यासेज दिने बेबस्था समेत सेल्टरले गरिदिने बताइएको छ ।

म्यासेज लिएर काम बुज्ने अनि चित्त नबुजेर क्यन्सिल गर्ने फेरि म्यासेज लिने झन्झट पनि बेहोर्न नपर्ने बेबस्था गरिएको छ । त्येसैले यो एरियामा आउनेले छिटोभन्दा छिटो काममा लाग्न पनि सजिलो हुने भएको छ। साथै सेल्टरमा बसुन्जेल र काममा नलगुन्जेल सम्म धेरै थोरै खर्च पुर्याउनको लागि सेल्टरमा नै हाराबाइट कामको पनि बेबस्था गरिएको छ।

यो एरियामा राम्रो काम प्रशस्तै भएतापनी नेपालीहरु तेति धेरै नआउने भएकोले छिटोभन्दा छिटो काममा लाग्न चाहनेहरु यहाँको सेल्टरमा आउन सक्नुहुनेछ। छ्न्जुको बस टर्मिनल तथा नोदङ्बु बाट ३४५ तथा ३३५ न.को सिने बसबाट ३० मिनेट्मा सेल्टर सम्म पुग्न सकिन्छ ।

सेल्टर सम्म आउनको लागि तथा अन्य जानकारिको लागि सम्पर्क निम्न अनुसार छ ।

राजु गोतामे ०१०२१८८०६९३
सन्जय थापा ०१०९००७६९७८
तेज शाहा ०१०४६८७७८११

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...