कोरियाको थगुमा यही आइतबार माछापुच्छ्रे बैंकको खाता खोलिने
फोनिज कोरिया संवाददाता
सउल,
यही आइतबार नोभेम्ब २७ तारिख दक्षिण कोरियाको थेगु शहर स्थित बालाजी रेस्टुरेन्टमा नेपाल को प्रख्यात माछापुच्छ्रे बैंकको खाता खोल्ने भएको छ ।
सोही अवसरमा नेपाल जीवन बीमा कम्पनीको जीवन बीमा पनि भरिने छ । त्यसैले थेगु र यस छेत्रको आस पासमा रहनु हुने नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई उपस्थितीको लागी आयोजकले अनुरोध गरेको छ ।
गत वर्षदेखि श्रममन्त्रालय र कोरियन दूतावाससंग सम्झौता गरी कोरिया आउनेले बुझाउने रकमको कारोबार गर्दै आएका माछापुच्छ्रे बैंकले २ महिना अघिदेखि कोरियामा पनि खाता खोल्ने सेवा उपलब्ध गराउदै आएको छ ।
हाल पाँच कर्मचारी सहित सउलमा कार्यलय स्थापना गरी सेवा उपलब्ध गराउदै आएको बैंकले कोरियाका केही बैंकहरुसंग कारोबारको सम्झौता गरिने तयारी गरिरहेको कोरिया प्रतिनिधी तारामंगोल थापाले जानकारी दिनुभयो । साथै कोरियाको विभिन्न शहरमा शाखा खोल्ने तयारी पनि भइरहेको थापाले थप्नुभयो ।
खाता खोल्नको लागि आवश्यक कागजातहरु
१. फोटो ४ थान
२. पासपोर्ट (राहदानी)को फोटो पेज र ठेगना पेजको फोटोकपी
३. कोरियन एलियन कार्डको अगाडी पछाडीको कपी
साथै सोही दिन कोरियाको प्रख्यात के.डी.बि लाईफ को ूदुर्घटना तथा स्वास्थ्य उपचार बीमा सेवा समेत उपलब्धा गराइने आयोजकले जनाएको छ । ।
समय स् बिहान देखी बेलुकी सम्म
सम्पर्क को लागी
स्थान = बालाजी रेस्टुरेन्ट
तारा मङोल थापा = ०१०-२१४३-२९०८ र यम खत्री= ०१०-५५४८-८८१५
कार्यालय= ०२-६३८८-७४५८