Advertisement
SKIP THIS

कोरियामा स्थायी बसोबास अनुमति सहज हुँदै


लिलु डुम्रे
सोल-दक्षिण कोरियाले स्थायी बसोबास अनुमतिका लागि पोइन्ट प्रणाली लागु गर्ने भएको छ ।

जुन एकदेखि लागु हुने परिवर्तित  प्रणालीमा अतिरिक्त  क्षमता भएकाहरुको लागि स्थायी बसोबासको अनुमति प्राप्त गर्न थप सहज हुनेछ । परिवर्तित व्यवस्थाका अनुसार बिज्ञान,व्यापार ,शिक्षा ,सस्कृति ,कला र खेलमा उल्लेखनीय कार्य गरेकोलाई प्राथमिकता दिईएको छ ।

एक बर्ष कोरियामा बसाई सकेको र सरकारले निर्धारण गरेको ८० अंक प्राप्त गरेको अवस्थामा पीआर प्राप्त गर्न सकिने छ । अंक प्राप्त गर्नको लागि विभिन्न चरण  तोकिएका छन  । पछिल्लो नियमले उच्च क्षमता हुनेहरु लाभान्वित हुन सक्नेछन । बिज्ञान प्रबिधि ,व्यापार ,शिक्षा ,सस्कृति ,कला र खेलमा अतिरिक्त क्षमता हुनेहरुले १५ अंक प्राप्त गर्न सक्नेछन् । पाँच बर्ष भन्दा बढीपुरा समय लिएर अध्यापन गर्ने प्राध्यापकले ३० अंक प्राप्त गर्न सक्नेछन् ।

स्थायी बसोबासका लागि प्रदान गरिएको  भिषालाइ एफ ५ भनिएको हुन्छ  । परिवर्तित नियमले आर्थिक क्षेत्रको साथै आन्तरिक क्षमतालाइ ध्यान दिएको छ । निर्धारण गरिएका क्राइटएरियामा व्यक्तिले फरक फरक शिर्षकबाट लक्षित अंक पुर्याउनु पर्नेहुन्छ ।

नयाँ प्राबधानमा बार्षिक आम्दानी २७ हजर अ्एरिकी डलर हुनुपर्नेछ । कोरियामा अध्यायनरत बिधार्थीहरुले अतिरिक्त १० अंक प्राप्त गर्न सक्नेछन । श्रीमान,श्रीमती बिबाह  पश्चात कोरिया रहेको छ महिना पुगेको अवस्थामा  थप पाँच अंक उपलब्ध हुनेछ । स्वदेशमा उच्च तहको सरकारी कर्मचारी रहेको कागजात पेश गर्न सकेको अवस्थामा थप पाँच अंकको व्यवस्था गरिएको छ ।

परिवर्तित नयाँ नियममा तोकिएका मापदण्ड पुरा गरि स्थायी बसोबासको अनुमति प्राप्त गर्नसक्ने नेपाली संख्या अति न्यून हुनेछ । आर्थिकसंगै अन्य मापदण्ड पुरा गर्न अधिकांश नेपालीहरुलाइ असम्भव प्राय छ । ग्वान्ग्जु युनिभर्सिटीका प्राध्यापक ठाकुर सुबेदीले भने अंक प्रणालीले केहि सहज भएपनि भाषासंगै तोकिएका अन्य क्षेत्रको मापदण्डका कारण स्थायी बसोबास  अनुमति प्राप्त गर्न अधिकांश नेपालीलाइ असम्भव छ ।

परिवर्तित नियममा इपिएस प्रणालीबाट कामका लागि आउने नेपालीले स्थायी बसोबासको अनुमति प्राप्त गर्नसक्ने अवस्था देखिदैन । ब्यापारिक कार्यमा रहेका नेपालीहरुमा पनि तोकिएको  ८० अंक प्राप्त गर्न कठिन छ . अन्तर्रा्ष्ट्रिय पुरस्कारबाट सम्मानित , अन्तराष्ट्रिय स्तरको सामाजिक सेवामा उल्लेखनीय कार्य गर्नेहरुलाइ प्राथमिकता दिईएको छ ।

नेपाली प्राध्यापकहरु  र केहि बिद्यार्थीहरुले मापदण्ड पुरा गरि एफ ५ भिषा प्राप्त गर्नसक्ने अवस्था नया नियमले बनाइदिएको छ । इन्जे युनिभर्सिटीका बिद्याबारिधि सोधरत लोकनाथ खरेल भन्छन अतिरिक्त क्षमता हुनेहरुलाइ  कोरियाको बसाईसंगै अवसर दिनेगरि नयाँ नियम ल्याईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...