युवा संगीतकार अटु बर्षको सर्बोत्कृष्ट संगीतकारको बिधामा मनोनित,भोट गर्न आव्हान


सोल-युवा संगीतकार डि आर अटु राष्ट्रको प्रतिष्ठित सातौ बिन्ध्यवासीनी म्युजिक अवार्ड – २०७३ अन्तर्गत बर्षको सर्बोत्कृष्ट संगीतकारको बिधामा मनोनित भएका छन् ।

प्रवासमा रहेर पनि नेपाली संगीतको क्षेत्रमा महत्वपुर्ण योगदान दिईरहेका संगीतकार अटुको संगीत बिन्ध्यवासिनी अवार्डमा छनौंट भएको हो ।सबैं खालका गीतमा संगीत गरीरहेका संगीतकार अटु पछिल्लो समय आधुनिक गीत तथा गजलको संगीतमा परिचीत छन् ।

सातैं बिन्ध्यवासिनी म्युजिक अवार्डमा अटुद्धारा संगीतबद्ध आधुनिक गीत जब सांझ पर्दैं गयो छनौंटमा परेको हो । कोरियामा रहेका गीतकार पूर्वेली गांउलेको शब्दमा मेलिना राईले उक्त गीत गाएकी छिन् ।
अटुलाई भोट गर्न BMA (Space) 4B टाईप गरी ३३००१ मा सेन्ड गर्नुपर्ने हुन्छ ।प्रवासबाट भोट गर्न नमिल्ने भएतापनि उनले आफना आफन्त, शुभचिन्तक,दर्शक श्रोता,संगीतप्रेमी सबैंलाई भोट गर्न आव्हान गरेका छन् ।
उनले भने ‘ विदेशमा कामबाट बचेको समयमा संगीतमा लागीरहेको छु तपाईहरुले मेरो मेहनतलाई माया र साथ दिदैं आउनु भएको छ तसर्थ भोट गरेर जिताउनु हुनेछ भन्नेमा पुर्ण विश्वस्त छु ।’

सो गीत युटुबमा हालसम्म ७ लाख ७ हजार ६ सय ६० पटक भ्यु भएको छ ।अटुद्धारा संगीतबद्ध दर्जनौं चर्चित गीतहरुमा पछिल्लो समय कांडाले घोच्ला,पथ्थर झैं रैंछ तिम्रो मुटु सर्वाधिक लोकप्रिय छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...