कोरियामा सांगीतिक क्षेत्र मार्फत चम्किदै सुबास


दक्षिण कोरिया, बिगत केही बर्ष देखि कोरियालाइ आफ्नो कर्मभुमी बनाउदै आएका गायक सुबास पाराजुलीले कोरियाको अत्यधिक ब्यस्त समयका बाबजुत पनि प्रबाश बाटै “सुबास” नामक पहिलो गीति एल्बम बजारमा ल्याएका छ्न । सानै उमेरदेखि गायन क्षेत्रमा अत्यधिक चासो रहेको बताउने सुवासले कोरियामा काम संगै गित संगीतलाई पनि उत्तिकै निरन्तरता दिदै “सुबास” लाई बजारमा ल्याएका हुन ।
“सुबास” भन्दा पहिल्यै उनले अन्य दर्जनौ गितहरुमा समेत आफ्नो स्वर दिसकेका छ्न । उदयपुर गाईघाटका स्थाइ बासिन्दा सुबास हाल कोरियामा कार्यरत रहेता पनी नेपाली रहनसहन, नेपाली मौलिक संस्कृति, अनि नेपाली गीत संगीत प्रतिको मोह झनै तिब्र हुँदै गएको बताउँछन् । साथै कोरियामा रहदै रचना गरिएको उनको पहिलो एल्बम “सुबास”लाई केही महिना पहिला नेपाल गएर सार्बजनिक गरेका थिए ।
सुबाश नामक गीति एल्बमभित्र उजाड मेरो जिबन , फुलको यो रंगले मात्रै , दुनियाको सामु , चोखो प्रिती लाउँ भन्दा जस्ता कर्णप्रिय गीतहरु समाबेस गरिएका छन् । साथै सबै गीतहरुको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ भने “उजाड मेरो जीवन” नामक बोलको गित निकै लोकप्रिय समेत बनेको छ । जसमा महानायक राजेश हमाल र सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् । दुई गीतमा गायक सुबाश पराजुलीलाई साधना सरगम र दिपा झाले साथ दिएकी छिन् भने बाँकि गीतहरुमा सुबाशको एकल स्वर रहेको छ ।
एल्बम भित्रका गीतहरुमा अशोक गुरुङ , बिपिन किरण , आनन्द अधिकारी इन्द्र आर पी जस्ता ख्याती प्राप्त गीतकारहरुको शब्द रचना रहेको छ भने शिखर सन्तोष , इन्द्र आर पी , हरि लम्साल र राम कार्कीको संगीत रहेको छ । “सुबास” गीति एल्बमको लोकप्रियतासंगै नेपालि सांगीतिक क्षेत्रमा सुबास पराजुली चम्किने पक्का रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...