Advertisement
SKIP THIS

धाविका मीरा राई ‘एड्भेन्चर अफ दि इयर अवार्ड’का लागि मनोनयनमा


फोनिज कोरिया सम्वाददाता
नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने ‘एड्भेन्चर्स अफ दि इयर अवार्ड’का लागि मनोनयनमा परेकी छिन् ।
१२ औं एड्भेन्चर्स अफ दि इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये रार्ईसहित १० जनाको नाम शुक्रबार सार्वजनिक गरेको छ । उक्त प्रतिष्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुको नाम छनोट गरिन्छ । छनौटमा परेकालाई नेसनल जियोग्राफीको वेबसाइटमार्फत् भोट हाल्न सकिन्छ । विश्वभरबाट आउने सर्वाधिक भोटको आधारमा विजेता घोषणा गरिने छ । भोट हाल्ने म्याद डिसेम्बर १६ सम्म खुल्ला रहने छ भने विजयीको घोषणा सन् २०१७ को जनवरीमा गरिने छ ।
विश्व म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी भोजपूरकी मीरा राईले गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई टप्दै प्रथम स्थान ल्याउन सफल भएकी थिइन् । उनले १२ घण्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी थिइन् । उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन भएकी थिइन् ।
त्यस्तै ४५ किलोमिटरको स्काई रनिङ वल्ड सिरिजमा दोस्रो भएकी थिइन् । सोही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि मीराको अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय भएकी हुन् । राष्ट्रियस्तरमा पनि उनले खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।

mira
१४ वर्षको उमेरमा माओवादी जनयुद्धमा लागेकी मीरा माओवादी लडाकुका रुपमा दुईवर्ष जंगलमा तालिमसमेत लिइन् । तर सेना समायोजनको क्रममा अयोग्य भएपछि खेलकूदमा लागेकी मीराले छोटो समयमै विश्व च्याम्पियन बन्न सफल भइन् । नेपाली अल्ट्रा धाविका मीरा राईलाई  ‘एड्भेन्चर्स अफ दि इयर अवार्ड’का लागि भोट दिएर विजयी गराई विश्वमा साहसी नेपालीको पहिचान गरौं ।
भोट दिने तरिका —–====
यो मुनिको लिन्क ओपन गरेर तलतिर सार्दै जानुस VOTE now भन्ने देखिन्छ त्यो लिस्ट मा मिरा राई को नाम हेरेर त्यस मा क्लिक गरेर भोट दिनुस है

http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year/

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...