कोरियामा नेपाल सम्बत तथा म्ह: पुजा


सौल-नेवा: पुच दक्षिण कोरियाद्वारा आयोजित नेपाल सम्बत ११३७ (न्हुस्दया भिन्तुना) तथा सामुहिक म्हस् पुजा कार्यक्रम सम्पन्न भएको छ।आईतबार सौलस्थित नेपाल हाउसमा भएको नेपालको मौलिक सम्बत नेपाल सम्बत नयाँ बर्ष शुभकामना आदानप्रदान प्रदान कार्यक्रममा कोरियामा रहेका नेवार समुदाय तथा नेपाली समुदायको संघ संस्थाको उल्लेखनिय उपस्थिती रहेको थियो ।

नेवारी संस्कृति,परम्परा, पहिरन, गितसंगीत, बाजागाजा, नृत्य र मिष्ठान्न भोजन सहित उल्लासमय रुपमा शुभकामना आदानप्रदान गरिएको थियो ।कोरियास्थित नेपाली दुताबासका कार्यबाहक राजदुत किरण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमा एन आर एन आइ सि सि सदस्य द्वय बिनोद कुँवर, केपि सिटौंला , एन आर एन कोरिया अध्यक्ष राजु क्षेत्री , आदिबासी जनजाती महासंघ कोरिया शाखा अध्यक्ष चित्र बहादुर मोक्तान, वमेन फर वमेन अध्यक्ष मल्लिका श्रेष्ठ थकाली लगायतको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि कार्यबाहक राजदुत शाक्यले धेरै समय पहिलादेखि मान्दै आएको मौलिक नेपाल सम्बतको सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्नुका साथै यसको महत्व र प्रचलनको बारेमा प्रष्ट पार्नु भएको थियो।नेपाल सम्बतको ईतिहास र प्रचलन बारेमा डा। ओम सुवालले बृस्तृत रुपमा प्रोजेक्टर मार्फत आफुले संकलन जानकारि गराउनु भयो।

नेवा पुच दक्षिण कोरियाका अध्यक्ष कृष्ण मुस्यानको सभपतित्वमा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तब्य तथा धन्यवाद संस्थाका संरक्षक तथा कार्यक्रम संयोजक रमेश श्रेष्ठले दिनुभएको थियो भने संस्थाका उपाध्यक्ष राज देसारले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यसै संस्थाद्वारा सनिबार साँझ दोङ्देमुन सौल स्थित कुमारी भान्छा घरमा सामुहिक म्ह: पुजा कार्यक्रम पनि सप्पन्न गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...