कोरियाको मेसिन जिन्दगी


जीवन चलेको छ या त अचल छ ? कैयौ पटक आफैले आफैसंग खन्याउने प्रश्न हो यो । रातमा निद्रा पर्दैन ,सुत्न मन लाग्दैन जब बिहान हुन्छ ,त्यतिबेला उठ्न मन लाग्दैन । यो सु्त्न मन नलाग्ने र उठ्न मन नलाग्ने बिचमा यस्तो प्रतिस्पर्धा चल्छ , मानौ यी दुई बिचमा बिश्वकप चल्दै छ । समय हुदा निद्रा आउनै मान्दैन तर काममा हुदा निद्रा जानै मान्दैन ।

कस्तो अचम्म को अपवाद छ समय काम र निद्रामा । निद्रा नपुगे शरीरको चालमा रोकावट हुन्छ । रात र निद्रा त दुइजना सौता २ जस्तो बनेका छन् मेरालागि, जो संगै हुन मान्दैनन् ।  बिहान सबेरै मोवाईलको भाले कराउछ र भन्छ छिटो उठ । आलाराम भालेको कराईको दिग्दारि । सबैभन्दा ठुलो सत्रु त्यहि लाग्छ , जो बिहाना चिच्याएर निद्राको अन्त्यस्टि गरिदिन्छ ।

ब्यक्ति ब्यक्ति बिशेष पनि फरक छन जिवनका आयाम र अर्थाइ , रत हरेकको सोच र जीवन जिउने तरिका पनि फरक छ । कोरियामा हामिले भोग्ने र अनुभव गरेको जिन्दगि , मेसिन जिन्दगि हो ।  जब आलराम भाले बास्छ नि त्यसपछि त झन बढि सुत्न मन लाग्छ उता नेपालमा र यताको पहिलो फरक यहि गाउँतिर नौ बजे सम्म फर्कि फर्कि सुतेको त्यो दिन । आमाले उठ भनेर तीन चार चोटि आग्रह गर्दा चिर निद्रामा परे झै गरेर , इन्तु न चिन्तुको अभिनय गरेको दिन याद आउछ । ओछ्यान मै चिया लिएर उठ, चिया खा भन्दा उठ्न नमानि चिया भरि झिंगा स्विमिङ गर्थे , त्यो एउटा अतीत बनेको छ र त्यहि संझनाहरु मनमा स्विमिङ गरिरहेछन ।

आमा सधै भन्नू हुन्थ्यो निद्रा स्वास्थ्यको लागि फाइदा हो तर धेरै निद्रा अलछिन पनि हो ।लछिन र अलछिन उहाको भाषा म बुझ्दिन तर राति छिटो सुत्नु र बिहान छिटो उठ्नु स्वास्थ्यका लागि फाईदाजनक हो । रातभरि उपन्यास र रसरंग पढेर कतै फोनमा जिस्किएर सिंगो रातलाइ अर्थहिन बनाईने ति दिनहरु ,बिद्यालयका पाठ्यक्रम पढ्दा चाहिँ हाइ आईहाल्ने । यस्तो पनि लाग्थ्यो कि हामिले पढ्ने किताबभित्र निद्राको आखोति छ । जब निद्रा लाग्दैनथ्यो किताब खोलेर यसो हेर्यौ भने हाइ आईहाल्ने निद्राले आखा टालिने हुन्थ्यो । तर आजकाल किताब हेर्न मन लाग्दैन मानौ कि किताबका पान्नामा भुत बसेको छ ।

हाम्रा आमा हजुरआमाहरु बिहानै उठ्ने बुहारिलाई लक्षणकि बुहारि भन्थे। त्यो घर आगान दैलो कुचो पानी पधेरो ,घाँस दाउरा र मेलापातको चापले बिहानै उठ्नु पर्थ्यो पनि । हुन पनि रातमा छिटो सुत्नु र बिहानै छिटो उठेर ताजा हावा खानुमा ठुलो फाइदा पनि छ । नानीको बानि फाल्न कठिन हुन्छ । त्यसैले बानीले पनि शरीर र जिवनको हानी गर्छ । अनलाईन च्याट, भिडियो ,फन्नि सामाग्रि कल यावत चिजतिर रोमलिरहने बानीले निद्रालाइ हमला गरिरहेका छन र निद्राले शरिरमा हमला त्यसैले त शरिरले सारा जिवनमा हमला गरिरहेको छ । जिन्दगिमा सबैभन्दा आलस्य र बेखुसि लाग्ने समय त त्यहि लाग्छ जब आखा मिज्दै जबरजस्त उठ्नुपर्छ ।मानौ बिहाना उठ्नु भनेको युद्द लड्नु हो । सुतार मनलाई परास्त गर्दै आफ्नै मनसंग ठुलो युद्द लड्नुपर्छ त्यो पनि हरेक बिहान ठिक ६ बजे ।सबैभन्दा खिन्न लाग्छ त्यतिबेला ।

हामी कम्पनीका बुहारि पनि परिएन नत छोरा नै परियो। परियो त केवल कामदार । समस्याको युद्दमा हारेर आत्म समर्पण गरि दास बनेका सिपाहि जस्ता । मार्चे रागाको नाक छेडेर बाधे र जता पनि ढल्काउन सके जस्तै बाध्यता र परिस्थितिले एउटा कोठामा सिमित बनाई दिएको छ हामिलाई । मानौ हामी सुगा हौ, पिजडाभित्र थुनिएका । मेसिन प्रिय साथि बनेको छ र आजकाल उस्तै स्वभाव सरेको छ मेसिनको उठबसले ,मानौ कि हामी पनि मेसिन हौ र साथि पनि मेसिन । मेसिनले समय परिधि र आफ्नो कर्तव्यबोधको ठेलि सिकाएको छ । मेसिनले उत्पादन संगै मानविय जिवनमा अंग कै काम गरेको छ तर त्यहि मेसिनले मानविय स्वभाव हरण गरेको छ । पाग्रा र ब्लेट प्लेटमा च्यापिएका हात औलाहरु जस्तै इच्छाहरु पनि अचटिएका छन । माया, मंमता ,घोलमेल र भावनामा तिब्र बदलभाव गरिदिएको छ ।

उठ्यो ५ मिनेट मै दात रगट्यो । थुतुनोमा पानी पार्यो र कम्पनिका नम्बरि खोल भिरि हानियो काममा ।
जहाँ फलामको मेसिन छ र त्यहि फलामको मेसिनमा हाड छालाको अर्को मेसिन पनि थपिन्छ त्यो म र महरु हौ ।शरिर र मेसिनमा केहि कुरामा फरक छ तर धेरै कुरा समान छ । मानिसले मेसिन बनायो तर। त्यहि मेसिनले मान्छेलाइ दास र नोकर पनि बनायो । निर्जीव मेसिन बोल्दैन। न उ दुख्यो मर्यो र छिर्यो नै भन्छ । एउटा जिम्मेवारिमा हेलिएको मान्छे पनि त्यहि मेसिन जस्तै रहेछ साथि । थकान लाग्दा पनि थाकेको कुरा भुले जस्तो गर्नुपर्ने । हैन म ठिक छु , दुखेको मेरो गरिबि र बाध्यता हो । दुखेको बहानामा थकानलाई पर हट भन्दै खिस्स हासेर मेसिन मसार्नु नै पर्छ ।

पैसा र बिबसतामा बेचिएका लाख नेपाली हाड छाला मेसिनहरु बिश्वका धेरै ठाउमा अहिले चलिरहेका छन । बेचिएको शरीर नामको मेसिन दुखेको हो । दुख लाग्दा पनि दुखि भएको कुरा भुलेर मौनतामा खुसिका चंगा उडाइरनु एउटा बाध्यता जो छ । नेपालमा उत्पादन भएका नेपाली मेसिन धेरै देशहरुमा उत्पादनको अभिभारा लिएका छन । तर सिन्किको मोलमा बेचिएका छन। स्वदेश मै प्रयोगहिन बनाईएर । सिरेगि (फोहोर) ठानिए पनि बिदेशमा उत्पादनको अभिभारा बोकेका छन।

मेसिन एउटा कृतिम चिज तर उसको कार्यक्षमताको आयु अनुसार उ जन्मिने काम गर्ने । मेसिन जस्तै मानव जीवन पनि पुरापुर मेसिन जिन्दगि बाचिरहेछन । त्यहा अन्य चिजका लागि समय अपुग छ समय प्रतिबन्दित छ। मानौ त्यो ठाउँ मन्दिर हो जहाँ रक्सि प्रतिबन्द लगाएको छ । बिकसित देशका नागरिकहरु । यसो पनि भनौ हामि अहिले बाचेको जिन्दगि मानव जिन्दगि हुँदै होईन, त्यो जिन्दगि कहि कतै पनि मेल खादैन । आफ्नै सास आफ्नो इच्छामा चल्न मनाहि छ । शरीर अंगहरु कुन ठाउमा हुनुपर्ने हो त्यहि ठाउमा छन कि नाई चेक गर्ने समय पनि छैन हामी संग । यन्त्र मानवको यो दुनिया मान्छेहरु यन्त्र भन्दा कमजोर बन्दै छ । मानवियताको जग ११ रेक्टरको भुकम्पले हल्लाए जस्तै भएको छ ।

नट किल्ला र कब्जाहरुको सहि जोड र ब्यबस्थापनको कृतिम मेसिन जस्तै ब्यबस्थापन मानव मेसिनमा हुनु जरुरि छ , तर अस्तब्यबस्ताले मानविय संरचनाको जग हल्लाउदै छ । सधैको भागदौड तर यो भागदौडको दुरि सानो तर निकै कठिन छ । यो शरीर पनि मेसिन कै लवजमा चल्छ एउटा हाड मासुको मसिन । सबैभन्दा प्रिय साथि पनि मेसिन , अन्न पानीर लाखको दाता पनि मेसिन । मान्छेको मन , आवेग र भावना पनि मेसिन जस्तै छन । कसेैको दुख पीडा र कठिनाईमा रुने दुख ब्यक्त गर्ने उछार छैन ।

कोहि बिरामि पर्दा , भेट्न जाने समय छैन र मान्छे भएर पनि मान्छे जस्तै बन्न कठिन छ । पैसा र सपनाले साचोमा राखेको इट्टा जस्तो, त्यहि साचो भन्दा फरक बन्ने अबसर नत इट्टालाई छ ,नत हामिलाई। संसार र हरेक ठाउमा सिमा भन्ने चिज बनाईएको छ । मात्रा भन्ने चिज बनाईएको छ । यदि सिमा र मात्रा भन्ने चिज नबन्दो होत यसले मानव जीवन कति स्वतन्त्र त कति अस्तब्यस्त बनाउथ्यो होला । तर मन र चाहनाको सिमा हुदैन ।जति सोच्न पनि पाईने जति चाहना राख्न पनि पाईने । मान्छे मेसिन बनिराख्दा उसको क्षमता र बाह्य सक्रियता उ भित्रै मर्छ । यो त एक मेसिन जिन्दगि हो । मात्र मेसिन जिन्दगि ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...