Advertisement
SKIP THIS

संगीतलाई अगाडि बढाउने सुरेनको चाहना


फोनिज कोरिया सम्वाददाता
दक्षिण कोरिया, रेडियोमा बज्ने गीत उनी हुबहु उतार्थे । गाउँबेंशी, मेलापात र गोठालो गर्दै गीत गाउदा बनजंगल, पाखा पखेरो उनको स्वरले गुन्जयमान हुन्थ्यो । उनी सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुन्थे । गायनप्रतिको रुचि र उनको सुमधुर स्वर सुनेर साथीभाइ मात्र होइन अग्रजहरुले समेत हौसला दिन्थे । स्वर मिठो छ भन्दा उनी फुरुंग हुन्थे । तर उनले गाउनलाई व्यवसायिक रुप दिन र अगाडि बढाउनकै लागि भनेर गायनसम्वन्धि कुनै औपचारिक शिक्षा लिएनन् । समय मिलेन वा उचित ठानेनन् । तर अब उनको एउटै उदेश्य छ, नेपाल फर्केपछि संगीतसम्वन्धि औपचारिक शिक्षा लिएर गायनलाई अगाडि बढाउने । विगत साँढे चारवर्षदेखि दक्षिण कोरियामा श्रम गरिरहेका यिनै युवा प्रतिभा हुन् सुरेन बान्तवा ।

केही समय अघि भएको ह्वाट्स एप अनलाइन नेपाली तारा गायन प्रतियोगितामा उत्कृष्ट सुरेन बान्तवा सौखले मात्र फुर्सदमा गाउदै आएपनि अब भने जिम्मेवारी समेत बढेको महशुस गरेका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको लुकेर रहेको प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने उदेश्यले संचालन गरिएको उक्त गायन प्रतियोगिताले उनको प्रतिभालाई मात्र बाहिर ल्याएन गायनमा लाग्ने राम्रो प्लेटफम समेत दिएकोमा उनी मख्ख छन् । भन्छन्, ‘अब नेपाल फर्केपछि गायन क्षेत्रमै लाग्नेछु ।’ आफ्नै भाइ पूर्ण राईले समेत गायन प्रतियोगितामा भोजपूर आइडल अवार्ड जितेकोले पनि नेपाल फर्केपछि भाईसँगै गीत रेकर्ड गर्ने योजना बनाएका छन् ।

‘१४, १५ घण्टा काम गरेर गायन प्रतियोगितामा समय मिलाउन एकदम कठिन भएको थियो’, उनी सम्झन्छन् । तैपनि लामो ड्यूटीबाट निस्केको समयलाई उनी गायन अभ्यास र अनलाइनमार्फत् गायन प्रतियोगितामा सहभागिता जनाउदै गए । अन्तत उनको मेहेनत, साथीभाई र निर्णायकहरुको हौसलाले उनलाई उत्कृष्ट अवार्ड हात पार्न सफल बनायो । ‘प्रवासमा काम गर्दै गीतसंगीतमा लाग्न साह्रै गाहे छ । वास्तवमा मैंले गायनलाई भने कहिल्यै समय छुटाउन सकिन’, उनी भन्छन् । गीतसंगीतबाहेक नाम चलेको पुस्तक पढ्ने र घुम्ने उनको रुचि हो  । । त्यस्तै स्वदेश फर्केपछि केही रमणिय स्थलहरु घुम्ने उनको अर्को रहर पनि हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...