Advertisement
SKIP THIS

कोरियामा तमूधिँले चलचित्र झुम्की प्रदर्शन गरयो


फोनिज कोरिया संवादाता

सउल

तमूधिँ दक्षिण कोरियाले आपतकालिन राहत कोष स्थापनार्थ नेपाली कथानक चलचित्र झुक्मीलाई आइतबार सउलमा प्रदर्शन गरेको छ । श्रमसहचारी देवराज ढकालको प्रमुख आतिथ्यमा औपचारीक कार्यक्रम गरी चलचित्रको प्रदर्शन आरम्भ गरिएको थियो ।

कार्यक्रममा श्रमसहचारी ढकालले आपतकालिन राहत कोष स्थापनार्थ चलचित्र प्रदर्शन गरी परोपकारी कार्य गरेकोमा सरहना गर्नुभयो । साथै प्रदेशमा रहेका नेपालीहरुलाई नेपाली चलचित्र प्रदर्शन गरी आफ्नो कला र संस्कृतीलाई जगेरना गर्न सहयोग पुराएको भन्दै श्रमसहचारी ढकालले प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा नेपालबाट आएका नेपाली चालचित्र विकास बोर्ड संचालक समितिका सदस्य हाँस्य कलाकार उत्तम केसी र पत्रकार अशोक प्यासी राई तथा आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तानको विषेश आतिथ्य रहेको थियो ।

पुरस्कृत अभिनेता दयाँहाइ० राई अभिनित चलचित्र झुम्कीले थारु समुदायको सामाजिक परिवेशलाई कथा बनाएका छन् । साथै सुरक्षाकर्मी प्रहरीको र गाउले युवतीको मायाले उब्जाएको समस्या र सोही कारण घटेका अपराधिक घट्नालाई चलचित्रको मुख्य विषय बनाइएको छ । कथामा झुटो माया, बदला र साँचो मायाकै कारण तीन पात्रको ज्यान गएको चलचित्र झुम्कीको मुख्य सन्देश के हो दर्शकले सहजै बुझन गारो छ । चलचित्रको अन्त्यमा दर्शक अलम मल्लमा पर्छन । मुख्य अपराधीहरुलाई बचाउन एक निदोर्श व्यक्तिको ज्यान जान्छ । तर के ति अपराधीहरु बचे त ? भन्ने प्रश्न यथावत नै रहन्छ ।

प्राय रंगमञ्चका कलाकार भएकाले अभिनयमा सहजता पाए पनि कुनै कुनै दृश्य भने एकहोरो जस्तो लाग्छ । तर यस चलचित्रका मुख्य पात्र देवकीको कम संवाद र शारिरीक अभियन सशक्त भएकाले नव प्रवेशी कलाकारको भविष्य भने उज्जवल हुने संकेत पाइन्छ । कोरियामा हप्ताभर कडा परिश्रम गरेर थाकेको शरिरलाई स्फुर्ती दिलाउन हाँस्ने रमाउने मुडमा आएका दर्शकहरुको मन भने यो चलचित्रले खास्सै जित्न सकेन ।

कार्यक्रममा गजल सर्जक नुहाइ० किराँतीको गजल संग्रह बुकिको पनि सार्वजनिक गरिएको थियो । साथै नुवाकोट समाजको चिट्ठा पनि सार्वजनिक गरिएको थियो । साथै राप्ती समाजले कोरियमा निकट भविष्यमै प्रदर्शन गर्न लागको चलचित्र छक्का पञ्जाको पनि पोष्टर पनि सार्वजनिक गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...