परदेशबाट दशैंको सम्झना


भर्खर बर्षात् सकिएर सुरु भएको शरद ऋृतु, वर्षे झरीले सिंचित भएर हरिया र झरिला देखिएका सुख्खा पहाडहरु । बादल हटेर कञ्चन भएको निलो आकाश र वर्षायामभरी कुहिरोभित्र लुकेका टाढा क्षितिजमा देखिने चम्किला हिमालहरु । साँच्चै, खेतका गराहरुमा पँहेलै झुलिरहेका धानका बाला, बारीको कान्लामा रंगीचंगी फुलेका फुलहरु शरद ऋृतुले दशैंको बहार र उमङ्गलाई साथै लिएर आउँथ्यो । खेतीपाती लगाउने वर्षे कामहरु सकेर बाली भित्र्याउने समय अलि नभई सकेको फुर्सदको समयमा आउने दशैं, सबै दुःख पिँडा, पिर व्यथा भुलेर घरपरिवार, टाढा रहेका आफन्त, नातागोता सबै भेटेर खुशीयाली बाँड्ने पर्व दशैं सम्झदै आनन्द लागेर आउँछ ।

दशैं भन्नासाथ विशेषगरी बाल्यकालकै याद आउँछ । केटाकेटीहरुका लागि दशैं तिहार भन्दा रमाइलो अरु के नै हुन्थ्यो र । सम्झनाका घैलाहरुमा बाल्यकालकै याद बढी अटाएको हुँदो रहेछ । अहिले म मेरो गाउँ,  मेरो देशभन्दा टाढा छु । तर दशैंको याद मेरो मनमस्तिष्कमा हरेक दिन चलचित्रको रिल झैं घुमिरहन्छ । सुमेरु पर्वलाई कुमारले फन्का लाए झैं दशैं नजिक आउन थालेदेखि नै हामी केटाकेटीहरु जम्मा भएर दशैंको लागि भनेर पालेको घोर्ले खसीको वरिपरि खुब घुम्थ्यौं । बजारबाट बाआमाले ल्याइदिएका नयाँ लुगा घरमै दर्जी बोलाएर सिलाएपछि  कतिपटक लगाइन्थ्यो, फुकालिन्थ्यो पत्तै हुन्न थियो ।

बर्खे झरिका बाछिट्टाले बिगारेका घरका भित्ताहरुमा सेतो कमेरो र रातो माटोले लिप पोत गरेर चिटिक्क सिगारेर दशैको स्वागतको लागी तयार गरिन्थ्यो। नजिकको उत्तिसको रुख ढालेर दाउरा चिरिन्थ्यो। दशैमा चिउरा खान भनेर बारिमा रोपेको घैया धान झारिन्थ्यो। खडकौलामा बेलुका उसिनेर छोडेको घैया लाई  हाडीमा भुटिन्थ्यो र ढिकीमा कुटिन्थ्यो अनि दशै चिउरा तयार हुन्थ्यो।

*********
हाम्रा मावली घरहरु धेरै थिए अनि काकीहरुका पनि टिका थाप्न जाने घर धेरै थिए । हजुरबालाई टिका थाप्न जान कोशेली बनाई दिने चटारोले  घटस्थापना कै दिन देखी नै सताउथ्यो। बिषेस गरि हाम्रो तिर दशैमा कोशेलीको रुपमा केरा कुराउनी लैजाने चलन थियो। दशैको लागी भनेर हजुरबाले करेसावारीको केरा काट्नु हुन्थ्यो । घर अगाडी ढिकी सगै केरा पकाउने  खाल्डो थियो । त्यही खाल्डोमा चिलाउनेको सेउला र केरालाई मिलाएर राख्नु हुन्थ्यो र माथि बाट माटोले पुरिन्थ्यो। खाल्डोको तल सानो प्वाल हुन्थ्यो त्याहा भुस र गुईठाको आगो बालिन्थ्यो र रात भर मधुरो आगो बलिरहन्थ्यो। केरा पकाउन हाले पछी हजुरबा चोरले केरा चोर्छ की भनेर बाहीरै सुत्नु हुन्थ्यो। मेरो काम चाही त्यसमा दिन भर भुस र गुईठा राखेर आगो बालिरहने हुन्थ्यो।

हजुरबाले धेरै घरको दुध जम्मा गरेर कुराउनी बनाउन बस्नु हुन्थ्यो। म कुराउनी तयार नभईन्जेलसम्म अलि कति चाट्न पाउने आशमा बा सगै आगो बालेर बस्थे । हजुर बा ले  कचौरा भरि भरि हालेर कोशेली तयार गरिदिनु हुन्थ्यो। मलाई पनि अलिकती हातमा हाली दिनु हुन्थ्यो तर मलाई त धेरै खान मन लाग्थ्यो त्यो धेरै खाने अवसर भने पाईदैनथ्यो। घरका ठुला मान्छेले त खान पाउने मौका नै काहा मिल्थ्यो र ? मेरो बाल मनोबिज्ञनले सोच्थ्यो यो यति धेरै कुराउनी खाने चाही कसले होला? किनकी हामीले कोसेली लगेको त्यै कुराउनी  मामा घर बाट अर्कै  तिर कोशेली बनेर जान्थ्यो त्यो देख्दा यो कुराउनीको यात्रा काहा गएर रोकीएला र यो खाने को भाग्यमानी होला भन्ने प्रश्न मनमा सधै उठिरहन्थ्यो  ?
*********
मामा घर धेरै भएकोले टिका थाप्न जादा रमाईलो हुन्थ्यो ।रमाईलो यस मनेमा की टिका थापे पछी पैसा पाईन्थ्यो। आशिषको भन्दा पनि पैसाको ठुलो महत्व हुन्थ्यो।नया नया नोट पाईन्थ्यो त्यो नोट लाई पटक पटक गन्दै खल्तीमा राखिन्थ्यो र पैसा  झर्लाकी भनेर  हात खल्तीबाट बाहिर निकाल्नै मन लाग्दैनथ्यो । एक पटक एउटा मामाले पुरानो दुई रुपयाको नोट दिनु भयो मलाई यति रिस उठ्यो कि अरुलाई नया मलाई पूरानो नोट भनेर करेसावारीको खुर्सानीको बोट छेउमै गाडी दिए।अहिले पनि दशैमा नया नोट साट्नको लागी मान्छेहरु लाईन लागेको देख्दा त्यही पुरानो नोट खुर्सानीको बोटमा गाडेको याद आउछ।
***********
गाउ भरि घुमेर  जम्मा गरेको बाबियोलाई बुढापाकाले पिड़ बाटी दिएर  पिपलको रुखमा झुण्डाए पछी हाम्रो दशै शुरु भई हाल्थ्यो। बिहान उज्यालो भए देखी रात नपरे सम्म पिड़ छोड्न मनै लाग्दैनथ्यो।
अष्टमीको दिन खसी काटे पछी सबै एक्लै खाई सक्छु जस्तो लाग्थ्यो। रक्ती खानेकी आन्द्रा भुडी खानेकी फल मासु धेरै खाने प्रतिस्पर्धा हुन्थ्यो ।मन मात्र न भोको हो सानो पेटमा कतिनै अट्थ्यो र ?
बिस्तारै  उमेर बढ्दै गयो।दशैको रमाईलो पनि घट्दै गयो गर्नु पुराउनु पर्ने हुदै गयो र  दशै मनाउने तरिका फेरिदै गयो ।पिड़ बाट दशै लड़्गुर बुर्जा अनि तासको खाल तिर सर्यो। हुदा हुदा घरमा खाना बासी राखेर  भोकै दिनभर तास तिरै झुमिन थालियो।

कोरिया आएको दुई बर्ष भयो। चाड पर्व आउदा मन नेपालमा र शरिर बिदेशमा भएको महशुष हुदो रहेछ।दशैको  मौसममा पनि बिहानै घडीको आवाज सगै  कम्पनीमा तिर लाग्नु पर्दा र दिन भर घोटिनु पर्दा भनै मन सारै खिन्न हुदो रहेछ। बाध्यताको भुमरिमा बिवस  भएर  काम गर्नु पर्दा नरमाईलो लागे पनि भविश्यको खातिर परदेशी भुमीमा  काम गरिरहनु परेको छ तर पनि परिवारको खुशीको लागी यो दुःख केही होईन भन्दै काम गर्दै मनै मनले दशै मनाउने  बिचार छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...