माम्फको तयारी पूरा विभिन्न स्थानबाट बसको व्यवस्था


फोनिज कोरिया सम्वाददाता
छाङवन, हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला (माम्फ)को तयारीसँगै बहुसाँस्कृतिक परेडमा सहभागी हुन विभिन्न स्थानहरुमा नेपालीहरुको लागि बसको व्यवस्था गरिएको छ । घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा यहि सेक्टेम्बर ३० तारिखदेखि अक्टोबर २ सम्म तीन दिन हुने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेला माम्फ MAMF( Migrent Ariang Multicultural Festival -2016) को अन्तिम दिन नेपाल बहुसाँस्कृतिक परेडमा यसपटक दुई सय जनालाई मात्र सहभागि जनाउने नेपाल माम्फ आयोजक कमिटिका संयोजक हरि थपलियाले जानकारी दिएका छन् ।

१५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रतेक सहभागी राष्ट्रहरुको परिचय र चिनारी दिने किसीमका पहिरन, भेष-भुसा,कला, संस्कृति, गित-संगीत र खानाका परीकारहरुका बिभिन्न रङहरुले सजिनेछ। यो महामेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।  यस बहुसाँस्कृतिक मेलामा नेपाले पनी प्रतेक बर्ष सहभागी जनाइरहेको छ। यसपटकको नेपालको सहभागीता अर्थात तयारी धेरै राम्रो भएको  संयोजक थपलिया बताउछन् ।

कोरीया स्थित नेपाली राजदुतवासको सहभागीतामा यो बहुसाँस्कृतिक मेलाको प्रतिस्प्रधामा सहभागी नेपालका हरेक कार्यक्रमहरुमा “वुद्ध नेपालमा जन्मेका थिए, “Buddha wsa born in Nepal ” भन्ने शिर्षक र नाराहरु रहनेछन। नेपाल र वुद्धको सम्बन्ध देखाउँदै नेपालको परिचय आकर्षक तरीकाले गराइने छ । त्यस्तै गरेर नेपालबाट आउनुहुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष र महासचिबको समुहले मकवानपुर क्षेत्र लगायत समग्र नेपालको संस्कृति ,पर्यटन, हस्तकला, चित्रकला, साथै विभिन्न औद्योगिक सामाग्रीहरुको प्रदर्शनी पनी गरिने भएको छ ।

नेपालीहरुको लागी कार्यक्रमको मुख्य आकर्षक चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको दम्दार प्रस्तुती रहने भएको छ । तीन दिन सम्म हुने उक्त कार्यक्रमको अन्तिम दिन गायन प्रतियोगीता, बिभिन्न देशका सँस्कृती झल्काउने किसीमका झाँकी, परेड आदीको प्रतिस्प्रधा हुने भएको छ। ५० लाख वन प्रथम पुरस्कार भएको उक्त परेड तथा झाँकी प्रदेशनीमा नेपाली पोशाक दौरासुरुवाल, ढाका-टोपी, गुन्यु-चोली, नेपालको झन्डा अंकित टि-सर्ट, लगाएर साथै विशेष गरेर नेपाली किराँत समुदायको साकेला नृत्य, नेपाली मगर समुदायको प्रस्तुती त्यस्तै दम्दार रहने  छ । यसै कार्यक्रममा अन्य विदेशी लगायत नेपाली खानाका परीकारहरुको स्वाद पनी लिन पाइने भएको छ । नेपालबाट आउने अतिथीको ब्यबस्थापन साथै कार्यक्रम प्रचार-प्रसारको जिम्मा समाजसेवी रमेश उप्रेतीले गरेका छन् ।

माम्फमा सहभागी हरेक नेपालीलाई परेडमा सहभागी गराउदा अलि अव्यवस्थित हुने भएकोले यसपटक परेडका लागि सहभागी दुई सयजनाले अगाडि नै नाम लेखाउनु पर्ने र नाम लेखाएको ब्यक्तिले मात्र परेडमा सहभागि जनाउने संयोजक थपलियाले बताएका छन् । उनका अनुसार परेडमा सहभागीहरुले नेपाली पहिरन अनिवार्य लगाउनुपर्ने छ भने नेपाली पहिरन नहुनेले नेपाली झण्डा अंकित टिसर्ट र नेपाली झण्डा सहित सहभागिता जनाउने छन् । दिउँसो चार बजे सुरु हुने परेडमा सहभागीहरुले नेपाली संगीतको तालमा नेपाली संस्कृति झल्कने प्रस्तुति दिनुपर्ने छ । माम्फमा सहभागी हुन कोरियाको विभिन्न शहरबाट निशुल्क बसको व्यवस्था गरिएकोले हरेक स्थानबाट आउने र परेडमा सहभागी प्रत्येक २० जनाको नाम अगाडि नै टिपाउन पनि संयोजक थपलियाले अनुरोध गरेका छन् । उनका अनुसार यसपटक परेडमा सहभागीहरुलाई टिफिनको व्यवस्था गरिनुकासाथै परेडलाई अझ व्यवस्थित र आकर्षक बनाउन पनि नाम टिपाउनुपर्ने भएको हो ।

अक्टोबर २ तारिख आइतबार माम्फमा किम्हे, नोङसान, याङसान, हामान, छिल्स, यङसान, मिर्याङ, थेगु, गछाङ, सानछङ, हामयाङ, जिन्जुबाट कार्यक्रम स्थलसम्म आउनको लागि बसको व्यवस्था भएकोले आउनको लागि तल दिएको ठेगाना र सम्पर्क व्यक्तिहरु ः

날짜 : 2016-10-02
국가 : 네팔
지역 : 대구
인원 : 40-50
담당자 : 쩐드러 라마
연락처 : 010.6344.2787
출발주소 :대구 달서구 본리동1202-8 번지
출발시간 :10:30
 
area: 함안- 칠서 에이스 암파터- 칠원 사거리(40 명 이상)
출발 주소: 함안 버스 터미널
줄발 시간: 10:00 am
010 48332540 narayan poudel
 
지역 : 영산시 웅상 서창동
인원 : 40 – 45
담당자 : ananda koirala
연락처 : 01027003108
출발주소 : lootee mart 웅상점
출발시간 :10:30
 
지역 : 경낭 밀양시 부북연 사포산단
인원 : 40-45
담당자 : niraj panday
연락처 : 01021923620 , 01021955355
출발주소 : 7 elevan mart
출발시간 :10:30
 
지역 : 양산
인원 : 40-50
담당자 : 룸,샤릭,아랜
연락처 : 01097496602,01021822922
출발주소 : 경남 양산시 유산동 (주) 성광사 20-3
출발시간 :10:30
 
지역 : 인원 : 40-50
담당자 : 케피 , 어니스
연락처 : 010 3268 9222 케피 . 01068986139 어니스
출발주소 : 김해고용노동부 압
출발시간 :10:30
 
지역 : 거창,산청, 함양, 진주
인원 : 40-50
담당자 : Nabin pudasaini
연락처 : 01022319199
출발주소 : 거창 시외버스 터미널
출발시간 : 09:30
지역 : 녹산 공단
인원 : 40 명
담당자 : 판데
연락처 : 01072173865
출발주소 : 휘망 공원 6번 신호등
출발시간 :오전12시

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...