कोरियाली राष्ट्रपतिद्धारा न्यायमन्त्रीलाई प्रधानमन्त्रीमा सिफारिस

ऐश्वर्य श्रेष्ठ सोल –दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन ह्येद्धारा न्यायमन्त्री हवांग कियु अनलाई प्रधानमन्त्रीको नाम सिफारिस गरेकी छिन् ।
बिहिबार पार्कले नयां प्रधानमन्त्रीको रुपमा अनको नाम राष्ट्रपति कार्यलय छङ वादेमा सिफारिस गरेकी हुन् । पार्कले नयां प्रधानमन्त्रीले देशलाई अनियमितता र भ्रष्टरहित बनाउने आशा गरेकी छिन् ।
नयां प्रधानमन्त्रीको टुंगो भने भ्रष्टचार आरोपित निवर्तमान प्रधानमन्त्री लि वान कु आर्थिक मुद्दाको निर्णय आएपछि हुनेछ । गत महिना मन्त्रीबाट हटाइएको निवर्तमान प्रधानमन्त्री लिले एक व्यापारीसंग ३ करोड वन लिएको आरोपको मुद्दा खेपीरहेका छन् ।
सत्तारुढ दल सेनुरी पार्टीले राष्ट्रपति पार्कको निर्णयको स्वागत गरेको छ । सेनुरी पार्टीका प्रवत्ताले राष्ट्रपति पार्कको सरकारमा न्यायमन्त्री हवांग नयां प्रधानमन्त्रीको रुपमा आउदा देश संवैंधानिक मुल्य,मान्यता र कानुनी आधारमा मुलुक बलियो हुने विश्वास व्यक्त गरे ।
त्यसैंगरी रुलिंग पार्टीले पनि मनोनित प्रधानमन्त्रीले आर्थिक मन्द्धीलाई माथि उठाउने आशा व्यक्त गरेको छ ।
५८ बर्षीय हवांगले सन २०१३ देखि राष्ट्रपति पार्कको सरकारमा न्यायमन्त्रालय सम्हाल्दैं आएका छन् ।