स्याङ्जा परिवारको नवौं सधारणसभाद्धारा राजु भण्डारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन


कोरिया-स्याङ्जा परिवार गणतन्त्र कोरिया को नवौं सधारणसभा राजु भण्डारी को नेतृत्व मा पन्द्र सदस्यीय नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको छ। सद्भभाव संगै बिताउ प्रदेशी जीवन ” भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरिया को नवौं साधारण सभा तथा अधिबेशन गत सेप्टेम्बर १६ मा दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा सम्पन्न भएको हो।

 

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष राजु भण्डारी ,बरिस्ठ उपाध्यक्ष वाइ वि राना ,उपाध्यक्ष किसान गुरुङ,सचीव वम्जन गुरुङ,स- सचिव कमल कान्त खनाल ,कोषाध्यक्ष बिजय थापा,स -कोषाध्यक्ष नेत्र पौडेल,सदस्यहरुमा पुर्ण गुरुङ, चोलाकान्त सुवेदी , प्रकाश भट्टराई ,खेमनारायण चापागाइ, माधव पाण्डे , दिपक भुसाल,मोहन भट्टराई रहनु भएको छ। नयाँ कार्य समिति लाई सहि मार्ग निर्देश गर्न तथा चुस्त रुपमा अधि बढाउन छिट्टै सल्लाहकार हरु तथा खेलकुद बिभाग , संचार बिभाग ,सांस्कृतिक बिभाग लगायत का प्रमुख हरु को मनोनयन आगामी पहिलो बैठक ले गर्ने नव निर्वाचित सचीव बम्जन गुरुङले जानाकरी दिनुभएको छ।

कार्यक्रममा स्याङ्जा परिवार अन्तर्गत रहेर सामाजिक कार्यमा योगदान गरेका युवराज गुरुङ , नगेन्द्र गुरुङ र भुमिजंग रानालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै पुर्व अध्यक्षहरु तथा सल्लाहकारहरु द्वय हेम थापा मगर र मिलन रानालाई सम्मान तथा बिदाई पनि गरिएको थियो। ठूलो संख्यामा कोरिया बासी नेपाली हरुको उपस्थिति रहेको सो कार्यक्रम मा परिवारका सह-सचीव भक्ती थापाले संस्थाको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको अनुपस्थितमा सचिव कुमार थापाले आर्थिक प्रतिबेदन पेस गर्नुभएको थियो।

ठूलो मात्रामा बचत रहेको र आर्थिक पारदर्शीता देखिएको भन्दै उपस्तिथि स्याङ्जालि हरुले खुशीका साथ सो प्रतिबेदन पास गरेका थिय। कार्यक्रम प्रमुख अतिथी नेपाली राजदुतावास का सहचारि रमेश गैह्रे,पुर्व अध्यक्ष धर्म गुरुङ ,साथै अन्य बक्ताहरु झक ब.थापा,हेम थापा मगर,गुप्त गुरुङ ,मिलन राना ,भावाना गुरुङ खोम बहादुर गुरुङ ,लगायत का वक्ताहरुले मन्तव्य राख्नुभएको थियो। स्याङ्जालिहरु एक ढिक्का भएर आइपर्ने सक्ने समस्या समाधान गर्न हातेमालो गर्नुपर्ने, प्रवास मा सामाजिक काम मा अझै धेरै सकृय भएर स्याङ्जा परिवारलाई एउटा उदाहरणिय संस्था को रुपमा अगाडि बढाउनु पर्ने मा जोड दिनु भएको थियो। नेपाली राजदुतावास कोरिया का सहचारी रमेश गैह्रेको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा सह- सचीव भक्त थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्था का सचीव कुमार थापाले संचालन गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...