Advertisement
SKIP THIS

कोरियाले नेपालको पुननिर्माणका लागि १ अर्व सहयोग दिने


देवेन्द्र सम्बाहाम्फे

सोल-गत बैशाख १२ गते गएको बिनाशकारि भूकम्पबाट क्षतिग्रस्त नेपालको पुननिर्माण र पुनस्थापनाका लागि दक्षिण कोरिया सरकारले करिब १ अर्ब रुपैयां (१ करोड अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ ।

यहांको बिदेश मन्त्रालयले बुधबार जनाए अनुसार नेपालको तत्काल पुनस्सथापना र पुन निर्माणका लागि पहिलो चरणमा सो सहयोग रकम दिन लागिएको हो । नेपालको आबश्यकतालाई अध्ययन गरेर मध्यकालीन र दीर्घकालीन आयोजनाहरुमा सहयोग जारि राखिने पनि मन्त्रालयले जनाएको छ ।

कोरिया सरकारले संयुक्त राष्ट्र संघ विकास कार्यक्रम अन्र्तगत र संयुक्त राष्ट्र बालकोष मार्फत पुर्नस्थापना र अन्य विकास निर्माणका कार्यमा सहयोग गर्ने जनाएको छ । बैशाख १२ गते भूकम्प गए लगतै कोरिया सरकारले १ करोड रुपैयासहित, उद्धारकर्ता, औषधी, उद्धार सामाग्री, पानी सहयोग गरेको थियो ।
भूकम्प पीडित नेपालीहरुको सहयोगका लागि बिभिन्न कोरियाका बिभिन्न प्रदेश सरकार, नगपालिका, प्रसारण कम्पनी, उद्योग, परोपकारी संघसस्था, खेलाडी, सर्वसाधारण, सेलिब्रेटी, रेडक्रस, लगायतले सहयोग संकलन गरिरहेका छन् ।

सोलस्थित नेपाली दूतावासले स्थापना गरेको ‘महाभूकम्प उद्धार राहत कोष’ मा सहयोग रकम जम्मा हुने क्रम जारिरहेको दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले बताए । राजदूत लामाका अनुसार उद्धार राहत कोषमा पछिल्लो चरणको ३ करोड ५० लाख रुपैयां जम्मा भएको छ । सहयोग संकलन १५ करोड रुपैयां पुर्याउने लक्ष रहेको पनि राजदूत लामाले जनाकारि दिए ।

यसअघि दूतावासले पहिलो चरणको सहयोग गत अघिल्लो शुक्रबार १ करोड ८२ लाख रुपैयांसहित २ सय थान टेन्ट, पन्जा, ९ सय थान कम्बल, चाउचाउ, औषधि तथा अति आवश्यक ९ टन सामग्री प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको थियो भने दोश्रो चरणमा कोरियन सहयोगदाता र कोरियामा बिभिन्न पेशा र ब्यवसाय गरेर बसेका नेपालीहरुबाट प्राप्त ५ करोड १० लाख रुपैयां प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको थियो ।

त्यस्तै कोरियामा कार्यरत नेपाली संघसंस्थाले पनि भूकम्प पीडितका लागि अभियानका रुपमा सहयोग संकलन गरिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...