Advertisement
SKIP THIS

गायिका सकुन लिम्बू कोरियोग्राफर बन्न चाहन्थिन्


सोल-दक्षिण कोरिया नेपालीहरुको लागि राम्रो रोजगार गन्तव्यस्थल बन्दैछ ।पछिल्लो समय कामको साथमा आफनो सीप र रुचिअनुसार समयको सदुपयोग गर्ने धेरैं नेपालीहरु भेटिन थालेका छन् ।

त्यस मध्येका एक हुन गायिका सकुन लिम्बू ।पुर्वको पांचथर जिल्लामा जन्मिएकी सकुन सानैंदेखि नांच्ने गाउने रहरसंगैं औंपचारिकरुपमा २०६१ २०६२ सालदेखि नृत्यको साथैं संगीत सिक्न थालिन् ।घरलाई नैं संगीतको पाठशाला ठान्ने सकुनले फिदिमको वरदान संगीतालयमा संगीत सिक्न शुरु गरिन् ।

संगीत र नृत्यप्रति उनको तीव्र ईच्छाले काठमाण्डौंसम्म पुरायो ।उनले राजधानीको भीडमा संगीतशाला प्रतिष्ठानमा संगीत सिक्नको साथैं कोरियाग्राफी समेत सिकिन् ।काठमाण्डौं आउनु अघि पांचथर फिदिममा नृत्यको क्लास लिने गर्थिन् ।
सकुनले आफनो कोरिया प्रवेशको रहस्य खोल्दैं भनिन्, आफु ७ कक्षामा पढदा बाबाले मलाई पढनको लागि एसएलसी पास गरेपछि जापान पठाउछु भन्ने कुरा आमालाई भनेको सुनेको थिए ।जसको फलस्वरुप जापान र कोरिया दुवैंतिरका भाषा पढने क्रममा कोरियाको कामदार हुनका लागि आईपुगे उनी बताउछिन् ।नेपालमैं बसेर गीतसंगीतमा केही गर्ने चाहना थियो तर बाबाको विदेश पठाउने ईच्छालाई कोरियामा काम गर्न आएर भएपनि मैंले पुरा गरे ।

कोरियाको व्यस्त समयमा पनि हरेक दिन १ घण्टा समय निकालेर  रियाज गर्छिन् उनी ।कोरियाको कामलाई सहज रुपमा लिने सकुनले समयको अभावलाई सदुपयोग गर्दैं एल्बम तयार गरिन् ।उनी कोरिया आएपछि ६ वटा लोक आधुनिक गीतको एउटा एल्बम तयार गरिन ‘स्नेहा’ ।

तारा प्रकाश लिम्बूको एकल संगीत रहेको यो एल्बममा ‘यो पिरती ‘एमन सुवेदीको शब्द, ‘मुटुको टुक्रा’ बि आर मित्र जसको म्युजिक भिडियो बजारमा आईसकेको छ ।त्यसैै गरी ‘हुने होकी होईन’किरण टि लिम्बू,’त्यो दिलको’ स्वप्निल बराल,’थाहा छैंन’,’कसरी तिम्रो’ किरण टि लिम्बूको शब्द रहेको छ ।

सकुनले एल्बममा समेटिएका सबैं गीतको भिडियोहरु बनाउने सोच रहेको बताईन् ।कोरिया आएपछि आफुमा विश्वास बढेको बताउदैं उनले आफुमा एल्बम निकाल्ने हिम्मत जागेको दर्शाइन् ।काममा सधैं रमाउने उनको बानी छ ।कोरियाग्राफीमा धेरैं संभावना कोरियामा रहेको बताउदैं समयले साथ दिए कसैंले अफर गरेमा काम गर्न इच्छुक रहेको बताइन् ।

सकुन गीतसंगीत र कोरियाग्राफीमा कुशल दक्षता देखाई अघि बढने सोचमा छिन् ।साहित्यमा पनि उतिकैं रुचि राख्ने सकुन जीवनको परिभाषा यसरी दिन्छिन् ‘जीवन संघर्ष हो ।संघर्ष गर्दै जांदा अन्तिममा जे प्राप्त हुन्छ त्यसलाई खुशीमा परिवर्तन गर्छु ।संघर्षपछिको खुशी नैं जीवन हो ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...