Advertisement
SKIP THIS

“ईपिएस” थोरैलाई लाभ, धेरैलाई तनाव।


ई. पि. एस.  अर्थात् रोजगार अनुमति प्रणाली गणतन्त्र कोरियामा रोजगारीको लागी प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न प्रतिबद्ध रहे पनि यो प्रणालीबाट थोरैले लाभ लिदै र धेरैले तनाव झेल्दै आइरहेको कुरा सर्व विदितै छ।

ई. पि. एस. कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले समाचारहरुमा बारम्बार ई। पि। एस। को वास्तविकताबारे जानकारी गराउनु भए जस्तै भाषा परीक्षामा पास हुने जति सबैले कोरियामा रोजगारीको अवसर नपाउने निश्चित प्रायः छ।

यो व्यवस्थित एवं पारदर्शी प्रणालीले गर्दा सन् २००८ देखि नै हजारौं नेपाली युवाहरूले आर्थिक क्षति सँगै मानसिक तनाव पनि भोग्नु परेको तितो यथार्थ छ। सन् २०११ को ई। पि। एस। बाट सबभन्दा बढी युवाहरू पिडित हुन पुगे।

सन् २०११ को कोरियन भाषा परीक्षामा पास भएकाहरू मध्यबाट १००५ लिएकाहरूलाई पहिलो पटक स्किल टेस्ट९सीप परिक्षण ० गरायो। र सन् २०१३ मा पनि भाषा परीक्षामा उत्तिर्णमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल युवाहरूलाई दोश्रो पटकको स्किल टेस्टमा सहभागी गरायो। सन् २०११ र सन् २०१३ को स्किल टेस्टमा सहभागी भएकाहरू पनि अधिकांश पास भए।

स्किल टेस्टमा पास हुनेहरूलाई पहिलो प्राथमिकता तथा सहभागी हुनेहरूलाई दोश्रो प्राथमिकतामा राखे पनि भाषा परीक्षामा उत्तिर्ण मात्र भएका तर स्किल टेस्टको लागि अयोग्य भएकाहरूको पनि शुरूआत देखि नै ईस्यू९जारी० हुनु र श्रम सम्झौता आउनुले स्किल टेस्टको औचित्य माथि नै प्रश्न चिन्ह उठ्दै आइरहेको छ।

पछिल्ला बर्षहरूमा त भाषा परीक्षामा पास हुने सबैलाई स्किल टेस्टमा पनि सहभागी हुनुपर्ने प्रावधान राखिएको छ। यदि यो ई। पि। एस। पारदर्शी प्रणाली हो भने स्किल टेस्टको अवधारणा किन ल्यायो र सन् २०११ देखि नै स्किल टेस्टमा पास भएकाहरू सबैलाई कोरिया किन लगेन१ सबैजना योग्य भएता पनि खोई त स्किल टेस्टमा पास भएकाहरूलाई पहिलो प्राथमिकता दिएकोरु

उता कोरियन भाषा अध्ययन गर्दा र स्किल टेस्टको तयारी गर्दा जताततै च्याउ झैं फैलिएका कोरियन भाषा ईन्ष्टिच्यूट हरूलाई मोटो रकम पटक पटक तिर्नु पर्दाको पिडा एकातिर छ भने अर्को तर्फ मोबाइलमा डाटा प्याक खरिद गरी दिनदिनै नेट हेर्दा हेर्दै अर्थात् ईस्यू हुने सम्भावित सुनौला दिनहरु कुर्दा कुर्दै थकित भैसकेका छन्, युवाहरू।

यसरी आर्थिक क्षति र मानसिक पिडा भोग्नु परेको छ आम बेरोजगारी युवाहरूले तरपनि अझै आश मारेका छैनन्। कोही कोही त आश मार्दै, पुनः आश गर्दै अर्थात् मर्दै, पुनः बाँच्दै जस्तै हुन पुगेका छन्। प्रत्येक नयाँ दिन सँगै आशै आशमा बाँच्नु पर्ने के गरायो यो पारदर्शी प्रणालीले !

हाल:  दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...