कोरिया आउनेले कोरियनसंग यसो गर्न कहिलै नभुल्नु होला


सउल ,
तपाई कोरिया आउदै हुनुहुन्छ काम गर्न या अध्ययन वा व्यवसायको लागि  । यदी कुनै पनि कामले कोरिया आउदै हुनुहुन्छ वा कोरिया भरखरै आउनुभएको छ भने । लामो समयको लागि कोरियनसंगै काम गर्नुपर्ने हुन्छ वा लामो संगत गर्नु पर्ने हुन्छ भने यी कुराहरुमा अवश्य ध्यान दिनुहोला । तपाइलाई मन लागेन भने पनि देश गुनाको भेष अनुसार गर्नै पर्ने हुन्छ ।

केही दिन अघिको घटना । नेपालबाट इपिएस मार्फत काम गर्न आएको एक महिना मात्र भएको दुई महिलाहरुलाई साँझ अचानक साहुले गाली गर्दै बसेको ठाउँबाट निकालीदियो । राती ट्याक्सीको सहारामा साथीको कोठामा जान निस्के तर आधा बाटो आएपछि साथीको मोवाइल नै अफ भयो । त्यो आशा पनि टुटेपछि अर्कैको  सहारामा ट्याक्सीमै झन्डै २ घन्टाको बाटो यात्रा गरी बास बस्न पुगे । भोलिपल्ट साहुले फोन गरी  जसलाई गाली गरेका थिए उनले आगामी दिन राम्रो काम गर्ने छु भनी माफी मागेमा काममा राख्ने भनेपछि दुवैजना फेरी काममा फर्केका थिए ।

एक जनालाई गाली गर्दै जा भन्न थालेपछि नेपालदेखि नै संगै आई संगै काम गरेको साथीलाई एक्लै पठाउन नसकेपछि दुवैजना संगै निस्केका थिए । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने नेपाली उखानलाई उनले अनुसरन गरेका थिए । जसलाई साहुले गाली गरेका थिए उनले भने किन आफूलाई गाली गरेको भन्ने नै थाहा नपाएको सुनाए । तर संगै भएको साथीका अनुसार विहान साहुनीलाई इन्सा (अभिवादन ) नमस्ते गरेनन् रे । बेलुका दिनभरी गरेको काम निरक्षण गर्दा उनको काममा गल्ती भेटिएपछि साहुनीले गाली गर्न थालेका थिए । साँझ साहु आएपछि त जा जा भन्दै सामान निकाल्देका थिए रे ।

विहान साहु साहुनी वा संगै काम गर्ने साथीलाई भेट्दा इन्सा अथवा नमस्ते गर्नु कोरियामा अनिवार्य जस्तै हो । यदी मन नलागे पनि गर्नै पर्छ । कोरिया आएको एक हप्तामा एक जना भाइले घरमा आफ्नो जन्म दिने बाबु आमालाई त कहिले नमस्ते गरिएन यहा को हो कोहोलाई विहानै बेलुकै नमस्ते गर्नु पर्ने रिस पो उट्छ भन्थ्यो तर अहिले उनी बानी परीसकेका छन् । नेपाली समाजमा यस्ता सोचाइ पनि छन् र हत्तपत्त नमस्ते गर्ने बानी पनि नभएकोले यहा त्यो बानीलाई परिवर्तन गर्नु अनिवार्य छ ।

त्यस्तै कोरियनहरुले केही भनिरहेको बेला आखा यता उता डुलाउने , उठेर अन्तै हिड्ने पनि गर्नु हुदैन । यदी त्यसो गरेमा उनीहरुलाई बेवास्था गरिएको ठानिनेछ र उनीहरु रिसाउने छन् । यस्ता कुराहरु नेपाली समाजमा सामान्य माने पनि कोरियन समाजमा अत्यन्तै नराम्रो ठानिन्छ । त्यसैले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । मन नलागे पनि संगै बसीदिने र सुनिदिएको झै गर्नु पर्छ । चासो लिएको जस्तो देखाउनु पर्छ । शुरुमा भाषा नबुझेर पनि उनीहरु बोलिरहेको बेला अन्त हिड्ने र आँखा यता उता डुलाउने गर्नु नेपालीहरुको लागि स्वभाविक जस्तो लाग्छ । तर कुरा नबुझे पनि सिधा अनुहारमा हेरेर ए ए भने जस्तै टाउको हल्लाउने गर्नुपर्छ । ताकी हामीले उनीहरुलाई बे मतलब गरिरहेको भन्ने नलागोस ।

कुनै गल्ती भएमा तुरुन्तै माफी माग्नु यहाँको  अर्को मुख्य पाटो हो । कोरिया भाषामा मियन्हाम्नीदा वा छेसुइ०हाम्नीदा (छमा गर्नुहोला ) यी दुई शब्दले धेरै ठूलो दुर्घटनाबाट बचाउन सक्छ । यी दुई शब्दलाई परेको बेला तुरुन्तै प्रयोग गर्न सके रक्षा कवच नै बन्छ । कुनै काम कहिले काँही हामीले सोच्दा गल्ती नभए जस्तो लागे पनि सोचाईको अन्तरका कारण  उनीहरुको नजरमा गलत हुन जान्छ त्यसैले यस्तो बेला तुरुन्तै माफी नमागे हामी माथि दुव्र्यहार हुन सक्ने सम्भावना हुन्छ ।   नेपाली समाजमा तुरुन्तै माफ गर्नुस भन्ने चलन छैन तर यहा आए पछि सोही अुनसार परिवर्तीत हुन आवश्यक छ ।

कोरियामा यस्ता व्यवहारहरुलाई अनुसरण नगरे यसको नराम्रो प्रभाव हामी माथि नै पर्छ । विभिन्न ठक्कर र हण्डर हामीले नै भोग्नु पर्छ । त्यसैले आफ्नो व्यक्तिगत आचरणमा सुधार गरी नैतिक सम्मान साथ बाच्न र देशको पहिचन गराउन हामी सबैले विषेश ध्यान दिन आवश्यक छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...