मिल्ती आयोजनाको सिभिल डिजाइन ८० प्रतिशत सम्पन्न


फोनिज कोरिया संवाददाता

सोल-सानो मिल्ती खोला जलबिद्युत आयोजनाको सिभिल डिजाइनसग सम्बन्धित काम ८० प्रतिशत पुरा भएको जनाइएको छ | तीन महिनाको अवधिमा वेर,डीसेनडीङ बेसिन , क्यानल डिजाइन सहित ८० प्रतिशत सिभिल डिजाइनसंग सम्बन्धित काम पुरा भएको हो |

आउदो २ महिनाभित्र जेनरेटिङ मेशिनको छनौट हुनसाथ पावर हाउस र फोर वेको डिजाइन गरिने आयोजना प्रमुख तेन्जी शेर्पाले बताए | त्यस्तै कानुनी,प्रशासनिक र वातावारण सम्बन्धि प्रकृया पुराहुने क्रममा रहेको शेर्पाले बताए |

भूकम्पको असर छैन

नेपालमा पटक पटक गएको शक्तिशाली भूकम्पले मिल्ती खोला आयोजनामा कुनै प्रभाव नपरेको आयोजनाका निर्देशक सुरेस लिम्बुले बताएका छन् |कोरियामा संकलन गरिएको शेयर आवेदन लिएर नेपाल गएका लिम्बु प्राबिधिक टोलिसहित मिल्ती खोला पुगेका थिए | प्राबिधिक टोलीका अनुसार भूकम्पले पानीको मुहान र बहावमा कुनै असर परेको छैन | हाल पानीको बहाब प्रतिसेकेन्ड ५ सय लिटर भन्दा बढी छ |

पहिलो किस्ता मे अन्तिमसम्ममा

सानो मिल्ती खोला जलबिद्युत आयोजनामा लगानी गर्न आवेदन भरेका शेयर आवेदकले मे महिनाको अन्तिमसम्म पहिलो किस्ता बुझाई सक्नुपर्ने समय सीमा तोकिएको छ |आयोजना संचालक समिति र सल्लाहकार समितिको अनलाइन बैठकले सो निर्णय गरेको हो |

नेपालमा गएको विनाशकारी भूकम्पले लामो समयसम्म बैंक नखुलेका कारण केहि आवेदकले पहिलो किस्ता जम्मा गर्न नसकेको गुनासो कम्पनीमा राखेका थिए | आवेदकहरुको गुनासोलाई ध्यानमा राख्दै दुवै समितिले पहिलो किस्ता मे अन्तिमसम्ममा बुझाई सक्नुपर्ने समय सीमा तोकेको हो |दोश्रो किस्ता भने जुन अन्तिमसम्ममा बुझाई सक्नुपर्ने कम्पनीले जनाएको छ |

बिस्तृत जानकारीको लागि

कपिल न्यौपाने -01059347429
देवेन्द्र सम्बाहाम्फे -01083576667
हरि श्रेष्ठ -01048376525
यम श्रेष्ठ – 01043759222

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...