अगष्ट ७ मा नेपाल पत्रकार महासंघले अन्तरक्रिया तथा चियापानको आयोजना गर्ने
सोल-नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।महासंघको नव निर्वाचित कार्यसमिति र संघसंस्था बीच समन्वयात्मक भुमिकाको अन्र्तक्रिया तथा चियापान गर्न लागेको हो।
आगामी अगष्ट ७ तारिख सोलस्थित नेपाल हाउसमा सो चियापानको आयोजना गर्न लागेको संघले जनाएको छ ।संघले सो दिन कोरियाका विभिन्न संघसंस्था,राजनीतिक भातृसंगठन, बुद्धिजीवि,व्यापारी,पत्रकार लगायत सम्पुर्ण कोरियाबासी नेपालीलाई उपस्थित भैंदिन आग्रह समेत गरेको छ ।
विस्तृत जानकारी
अन्तरक्रिया तथा चियापान
मिति :२०१६ अगष्ट ७
स्थान :नेपाल हाउस
समय :दिनको २ बजे
आयोजक: नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा