आर्मीको फायरिंगमा २ जना मारिए
ऐश्वर्य श्रेष्ठ,सोल–
दक्षिण कोरियाको राजधानी सोल नजिकैं आर्मी तालिमको क्रममा रहेका एक आर्मीले फायरिंग गर्दा २ जनाको मृत्यु भएको सैंन्य अधिकारीले बिहिबार पुष्टि गरेको छ ।
बुधबार एक २३ बर्षीय चोई थरका नाग दोंग आर्मी तालिम केन्द्रमा उनले आफुसंग भएको के २ राइफल फायरिंग गर्दा २ जनाको मृत्यु हुनाको साथैं अन्य २ जना आर्मी घाइते भएका छन् ।चोइले आफुलाई समेत गोली हानेको स्रोतले बताएको छ ।चोई सधैं आफनो डिउटीमा समेत चुस्त रहेको हुनाले किन गोली चलाए थाहा हुन सकेको छैंन ।
सैंन्य स्रोतका अनुसार कमजोर हतियार व्यवस्थापनले गर्दा यस्तो घटना भएको बताएका छन् ।दक्षिण कोरियमा यस्ता घटनाहरु बारम्बार दोहोरिदैं आएका छन् ।