कोरियामा मिसाइल प्रतिरक्षात्मक प्रणाली जडित क्षेत्रमा स्थानियद्धारा प्रधानमन्त्रीमाथि आक्रोश


फोनिजकोरिया संवाददाता
सउल

दक्षिण कोरियामा आणविक क्षेप्यास्त्र मिसाइल प्रतिरक्षात्मक प्रणाली जडित क्षेत्रमा शुक्रबार स्थानियहरुले प्रधानमन्त्री ह्वाइ० ख्यो आनमाथि आक्रोश पोखेका छन् । सो प्रणाली जडित सइ०जु गुनमा अवलोकन गर्न पुगेका प्रधानमन्त्री आनमाथि स्थानियहरुले आक्रोश पोख्दै पानीको बोतल र अण्डाले प्रहार गरेका थिए ।

प्रधानमन्त्री आनलाई विरोध प्रर्दशनमा उत्रेका  करिब ३ हजार स्थानिय बासीन्दाले ६ घण्टा भन्दा बढी समय अवरोध खडा गरी काउन्टीबाट बाहिर निस्कन दिएका थिएनन् । सुरक्षाकर्मी र प्रशासन प्रमुखहरु सहित सो स्थानमा पुगेका प्रधानमन्त्री माथि स्थानियहरुको आक्रोशले एक जना सामान्य घाइते भएका थिए ।

सो स्थानमा शक्तिशाली राडर जडान गरिने भएकाले स्वास्थ्यमा असर पार्ने चिन्ता स्थानियहरुले राख्दै आएका छन् । साथै सरकारले पूर्व सूचना नगरी सो प्रणाली त्यस स्थानमा जडान गर्ने निर्णय गरेकोमा स्थायिनहरु विरोध गर्दै अन्सनमा बसेका थिए । स्थानिय अक्रोशको चापमा परेपछि प्रधानमन्त्री आनले स्थानियहरुलाई पूर्व सूचना विना सरकाले निणर्य गरेकोमा क्षमा मागे । उत्तर कोरियाले निरन्तर आणविक धम्की दिदै आएकोले सरकारको कुनै विकल्प नभएपछि मिसाइल प्रतिरक्षात्मक प्रणाली  Terminal High Altitude Area Defense (THAAD) जडान गर्ने निणर्य गरेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

दक्षिण कोरिया र अमेरिकी सरकारले गत हप्ता मिसाइल प्रतिरक्षात्मक प्रणाली कोरियामा जडान गर्ने निणर्य गरेको थियो । सउलबाट २ सय ९६ किलोमिटर टाडा दक्षिण तर्फ साइ०जु गुनमा मिसाइल प्रतिरक्षात्मक प्रणालीको व्यट्री हिजो जडान गरिएको छ ।

20160715_214149

20160715_214040

20160715_214012

20160715_213945

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...