Advertisement
SKIP THIS

फिफा बरियातामा नेपाल ६ स्थान खस्कियो


३० असार, काठमाडौं । विश्व फुटबल महानसंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने फिफा बरियातामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल १८८औं स्थानमा पुगेको छ ।

ँषबफिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १८३औं स्थानमा रहेको नेपाल ६ स्थान खस्कँदै १८८औं स्थानमा पुगेको हो ।

दक्षिण एशियामा भारत १५२औं स्थानमा उक्लिएको छ । उसले एकैपटक ११ स्थान सुधार गरेको हो । विश्वकप छनौटको दोस्रो चरणमा भारतले यसै महिना लाओसलाई पराजित गरेको थियो ।

भारतपछि दक्षिणएशियामा माल्दिभ्स १७४औं स्थानमा यथावत छ भने २ स्थान खस्किएको बंगलादेश १८३औं स्थानमा छ । बरियातामा नेपालपछि भुटान, श्रीलंका र पाकिस्तान छन् । उनीहरुको क्रमसः १९२, १९३ र १९४औं स्थानमा छन् ।

युरो २०१६ फुटबल प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको बरियाताक्रमको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहँदा बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाचौं स्थानमा छन् ।

युरो च्याम्पियन पोर्चुगल २ स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने १० स्थान सुधार गरेको युरो फाइनलिष्ट फ्रान्स सातौं स्थानमा उक्लिएको छ । २र२ स्थान तल झरेर स्पेन र ब्राजिल क्रमसः आठौं र नोवौं स्थानमा छन् । दुई स्थान सुधार गरेको इटली १०औं स्थानमा उक्लिएको छ ।

युरोकपको सेमिफाइनलिष्ट वेल्सले १५ स्थान सुधार गर्दै ११औं बरियातामा उक्लिएको छ । क्रोएशियाले पनि १२ स्थान सुधार गरेर १५औं स्थानमा आएको छ । युरोको बिशाल अण्डरडग टोली आइसल्याण्डले पनि १२ स्थान सुधार गर्दै बरियाताको २२औं स्थानमा उक्लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...