नेपाललाई सहयोग गर्न कोरिया तयार छ -मन्त्री कीम
फोनिज कोरिया संवाददाता
सोल-दक्षिण कोरियाका लैगिक समानता तथा परिवार मन्त्री कीम हे जुङले भूकम्प पिडितको सहयोग तथा उद्धारका लागि नेपाल सरकालाई सहयोग गर्न कोरिया तयार रहेको बताएकी छिन | बिहिबार सोल सङबुकस्थित नेपाली दूताबासमा पुगेकी मन्त्री किमले कोरियाका लागि नेपाली राजदूत कमंसिहं लामासंग संक्षिप्त बार्ता गर्दै भूकम्प पीडित नेपाली जनता र नेपालको भौतिक पुनसंरचना निर्माणमा कोरिया सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् |
भूकम्पबाट ज्यान गुमाएका हजारौं नेपालीहरुप्रति समबेदना व्यक्त गरेकी गर्दै मन्त्री कीमले महबिपात्तिमा परेका नेपाली जनताको शिघ्र स्वस्थ्य लाभको कामना गरेकी थिईन |सो अवसरमा दूताबासमा राखिएको शोक पुस्तिकामा समेत हस्ताक्षर गरेकी थिइन् |
भेटका अवसरमा नेपाली राजदूत कमानसिंह लामाले भूकम्पबाट परेकी बिपत्तिमा कोरिया सरकारले पठाएको ,औषधि ,राहत सामग्री,उद्धारकर्ता र आर्थिक,नैतिक सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए | कोरिया सरकारले तत्काल १ लाख डलर सहयोग गरेको थियो |