सरकार परिवर्तनले राष्ट्रिय सुरक्षामा खतरा :-भट्टराई
३० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले एक वर्ष पनि बित्न नपाउँदै सरकार परिवर्तन भइरहने हो भने राष्ट्रिय सुरक्षा कमजोर हुने चेतावनी दिएका छन् ।
सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उँभिनुपर्नेमा उनले जोड दिए ।
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा डा। भट्टराईले सुरक्षा नीतिलाई कुनै दल विशेष र गुट विशेषको विषय बनाउन नहुने बताए ।
बाह्य रुपमा छिमेकीहरुसँग न त झुक्ने न त चिढ्याउने नीति लिनुपर्ने धारणा उनले राखे । आर्थिक पाटो पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै उनले तीब्र आर्थिक विकासको बाटोमा अघि बढ्नुपर्ने र अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो ।