पैंसा तिर्न नसक्दा आफनैं परिवारका ४ जनाको हत्या
ऐश्वर्य श्रेष्ठ,सोल दक्षिण कोरियाको बुसानमा एक ३८ बर्षीय कोरियन नागरिकले परिवारका ४ जनाका हत्या गरेका छन् ।बुधबार प्रहरीले जनाए अनुसार किम थरका ती व्यक्तिले परिवारका ४ सदस्यको हत्या गर्नुका साथैं आफुले समेत आत्माहत्या गरेको हो ।
हुन्डाई प्रहरी बुसानका अनुसन्धानकर्ता प्रमुख किम जोंग हुले बुधबार बिहान ७ बजे एक अपार्टको चौंथो तलामा किम थरका ती हत्यारा लाश भेटेको बताए ।अन्य ४ जनाको ५१ तलामा बा, आमा, दिदि र भतिजको लाश रहेको थियो ।
ती व्यक्तिले एक सुसाइड नोट समेत लेखेर छाडेका थिए नोटमा नातेदारसंगको साझेदारीमा गदैं आएको व्यापार डुबेपछि बैंकको पैंसा तिर्ने आफुसंग पैंसा नभएको र परिवारले ६० लाख वन समेत तिर्न नसकेको हुनाले सबको हत्या गर्न पुगेको उल्लेख छ ।
केही दिन अघि मात्र किमका बाले समेत आफना सन्तानलाई सही बाटो देखाउन नसकेकोमा आफनो गल्ति रहेको लेखेका थिए ।