Advertisement
SKIP THIS

निर्बाचन कमिटि द्वारा एन आर एन ए कोरियाका पदाधिकारीहरुलाई पदीय प्रमाण पत्र प्रदान


सौल _

गत सेप्टेम्बरमा एन आर एन ए कोरियाको पाँचौ महाधिबेसनको लागि गठन भएको निर्बाचन कमिटीले निर्बाचन सम्पन्न गरे पश्चात निर्बाचन प्रक्रियामा संकलन भएको  आर्थिक रकम र पाचौ कार्य समितिकालागि बिजयी पदाधिकारीलाई पदीय प्रमाण पत्र  सौलमा एक कार्यक्रमका बीच डिसेम्बर २० तारिख आइतबार हस्तान्तरण गरियो |

तत्कालिन निर्बाचन कमिटीले आयोजना गरिएको पदीय प्रमाणपत्र हस्तान्तरण तथा छलफल कार्यक्रममा नेपाली दुताबास दक्षिण कोरियाका उपनियोग प्रमुख किरण शाक्य प्रमुख अतिथि रहेका थिए |अतिथिको मन्तब्यको क्रममा उपनियोग प्रमुख शाक्यले भने बिदेशमा कुनै पनि संस्था स्थापना र संचालन गर्न र   हाम्रो जस्तो बिबिधतालाई समेटेर अगाडी बढ्नु आफैमा चुनौती पूर्ण कुरा हो तैपनि एन आर एन ए को स्थापना गरि विश्व ब्यापी संजाल निर्माण गरि नेपाल र नेपालीका लागि परोपकारी काम ,बिकाश  निर्माण र लगानीको क्षेत्रमा काम गरिरहेको संस्था एन आर एन ए संग नेपाल सरकारले पनि सहकार्य गरिरहेको छ र कोरियामा पनि एन आर एन ए संग सहकार्य गर्न आफु तयार भएको कुरा ब्यक्त गरे |आफु हंककंग मा रहदा त्यहा रहेको २ वटा nrna मकाउ र हंगकंग संग सहकार्य गरेर धेरै कामहरु गरेको वताए |कोरियामा रहेका नेपालीहरुको समस्यालाई  कसरि न्यूनीकरण गर्न सकिन्छ?भन्ने बिषयमा सबैको औपचारिक अनौपचारिक सल्लाह सुझाब सहित दुताबासले कार्यहरु गर्दै आएको छ |दुताबासले प्रदान गर्ने सेवामा लाग्ने समयलाई पनि घटाउने प्रयास गरिरहेको छ|म चार महिना अगाडी कोरिया आएको र   आएपछि  पनि ६/७ जना को आत्महत्या मृत्यु भएकोले  यस्तो अवस्थालाई कसरि न्यूनीकरण गर्न सकिन्छ? भन्ने बिषयमा प्राप्त सुझाब अनुसार कोरियामा काम गर्न कठिन छ यहाँ को भाषा ,संस्कृति ,खाना , मौसम र औधोगिक कारखानामा काम गर्ने तरिकालाई समायोजन गर्नको लागि मनोवैज्ञानिक रुपमा थप मजबुत बनाउन नेपालमा दिइने तालिममा  यस्ता बिषय बस्तु समाबेश गरियोस भन्ने  सुझाब दुताबासले छिट्टै नेपाल पठाउने छ शाक्य ले भने |

nrna padiya praman patra

तत्कालिन निर्बाचन कमिटिका कार्यबाहक संयोजक डा. देवी बहादुर बस्नेतको अध्यक्षतामा  निर्बाचन समितिका सदस्य बिमल सुबेदीले संचालन गरेको कार्यक्रममा पूर्व एसिया प्यासिफिक संयोजक गंगा राज राई , आई सी सी सदस्य के पी सिटौला .निबर्तमान अध्यक्ष तथा आई सी सी सदस्य बिनोद कुँवर ,डा .भुषणश्रेष्ठ,नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाह जनजाती महासंघको निबर्तमान अध्यक्ष भक्त शेरचन  लगायत बिभिन्न संघ संस्था का  पदाधिकारीहरुको उपस्थिति रहेको थियो |

प्रमुख अतिथि उपनियोग प्रमुख किरण शाक्य र निर्बाचन समितिका कार्यबाहक संयोजक डा. देवी बहादुर बस्नेतले nrna कोरियाका पाँचौ कार्य समितिका अध्यक्ष राजु क्षेत्रीको अध्यक्षतामा गठित   नव निर्बाचित पदाधिकारीहरुलाई बधाईका साथै पदीय प्रमाण पत्र प्रदान गरेका थिए |  साथै निर्बाचन प्रक्रियामा संकलन भएको १ करोर ६० लाख वोन पनि बैंक खुलेको २ दिन भित्र बुझाईने बताइएको थियो |अन्तमा आफ्नो व्यस्त समय को बाबजुत पनि पाँचौ अधिबेसन सफल बनाउन दिनरात खटिनु भएको तत्कालिन निर्बाचन कमिटिका पदाधिकारी लाई नब निर्बाचित अध्यक्ष राजु क्षेत्रीले बिशेष धन्यवाद प्रदान गरेका थिए |

कार्यक्रमको अवसरमा जनसम्पर्क समिति कोरियाको तर्फबाट समितिका सभापति गिरिराज कुँवरले nrna द्वारा नेपालमा प्रदान गर्न लागिएको औषधिका लागि ५ लाख वोन सहयोग रकम nrna कोरियाका अध्यक्ष राजु क्षेत्रीलाई हस्तान्तरण गरेका थिए |

jansampark samit bat medicine ka lagi 5 lakh won sahayog

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...