एनआरएनए कोरियाको युवा संयोजकमा भेषराज दाहालको उम्मेद्बारी घोषणा
![](https://www.fonijkorea.net/wp-content/uploads/2019/08/received_658339581316836-208x450.jpeg)
आउँदो सेप्टेम्बर २१ र २२ गते हुन गइरहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको सातौ अधिवेशनको लागि ताप्लेजुङका भेषराज दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।
बिगत चार बर्षदेखी कोरियामा रहेर विभिन्न सामाजिक काममा जोडिँदै आएका दाहालले कोरियाबाट प्राप्त ज्ञान, सीप, क्षमतालाई नेपाल भित्र्याउन पहल गर्ने, कोरियामा नेपालको पर्यटन प्रबर्द्धन बढाउन सहयोग गर्ने, नेपाली कला संस्कृतिलाई प्रवासमा जर्गेना गर्ने र सम्पूर्ण नेपाली प्रवासीहरुको हकहितको लागि काम गर्ने उनको जिकिर गरेको छ ।
चुनावी सरगर्मी बढेसँगै एन आर एन ए कोरियाको विभिन्न पदका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् ।
यसै क्रममा उनले समस्त नेपाली प्रवासी युवाहरूको प्रतिनिधित्व गर्दै युवा संयोजकमा काम गर्न चाहेको बताएका छन