गैर अावासीय नेपाली संघ कोरिया उपाध्यक्षमा सन्जिब राईको उम्मेद्वारी घोषणा
न्युं भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्ष सन्जिब कुमार राईले गैर आवासीय नेपाली संघ (एनआरएनए )कोरियाको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । उनी उदयपुर सेवा समाज, एनअारएनए किम्हे लगाएतका संस्थामा बसेर बिगत ७ बर्ष देखी दक्षिण काेरियामा सामाजिक कार्यमा गरिरहेका छन ।
अाइतबार किम्हे बुसानमा भएको भेलाले राईलाई ख्याङ्सन (किम्हे-बुसान,मासान,मिर्याङ,उल्सान) लगाएत दक्षिणी भेगको साझा प्रतीनिधिको रुपमा सर्बसम्मतले उपाध्यक्षमा पठाउने निर्णय गरेका राईले बताए । ‘मलाइ याे भेगका साथीभाइले सर्वसम्मत रूपमा पठाउनु भएकाे छ । हामी सउल क्षेत्रका साथीभाइसँग मिलेर काम गर्छाै ।’ उनले भने । ‘मैले दक्षिण काेरियामा रहेका नेपालीले NRNA प्रतिको वितृष्णा मेटाउदै नेपाली कामदारहरू हकहितमा सकेकाे गर्नेछु । सम्पुर्ण कोरियाबासी नेपालीलाई आफ्नो मताधिकारको प्रयोग गर्दै सबल र सक्षम एनअारएनए निर्माणमा सहयोग गर्नु हुनेछ भन्ने मलाइ लागेकाे छ ।’ उनले थपे ।
यस अघि नै गैर अावासीय नेपाली संघकाे उपाध्यक्ष पदका लागि साेम तामाङले उम्मेदवारी घाेषणा गरिसेका छन् । संस्थाकाे विधान अनुसार एक जना वरिष्ठ उपाध्याक्ष र तीन जना उपाध्यक्ष हुनेछन् ।