Advertisement
SKIP THIS

फोनिजको सातै प्रदेशमा नयाँ संरचना गठन गरिने , सल्लाहकारको मनोनित र विभिन्न विभाग गठन


काठमाडौं,

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो ।

मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प्रदेश नम्बर ४, असार २५ गते प्रदेश नम्बर ५, असार २६ गते कर्णाली प्रदेश र असार २७ गते प्रदेश नम्बर ७ मा प्रदेश तदर्थ समिति गठन गर्ने निर्णय भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिए ।

पहिलो चरणमा गठन गरिने प्रदेश तदर्थ समिति फोनिजका प्रदेश इन्चार्जहरुको संयोजकत्व रहने बताइएको छ । प्रत्येक प्रदेशका जिल्ला अध्यक्षहरु प्रदेश तदर्थ समितिका सदस्य रहने छन् । तदर्थ समितिले फोनिजको प्रदेश महाधिवेशन सम्पन्न गर्नेसमेत जिम्मेवारी पाएको छ । त्यस्तै बैठकले फोनिजका अग्रजहरु सम्मिलित १५ सदस्यीय सल्लाहकार समिति गठन गरको छ ।

सल्लाहकारहरुमा खिम घले, उजिर मगर, चन्द्रसिंह कुलुङ, सञ्जय सन्तोषी राई, पुष्करभक्त माथेमा, अनिता गुरुङ, गणेश राई, भैरव आङ्ला, आङदावा शेर्पा, कृष्णराज सर्वहारी, रमिता लामा, श्रीकृष्ण महर्जन, राजबहादुर गुरुङ, खेम बुढामगर र गणेश चौधरी चयन भएका हुन् । त्यस्तै अनुशासन समिति संयोजकमा कुमार नेगी र सदस्यहरुमा माला लिम्बू र लाला गुरुङ चयन भएका छन् । मंगलबार सम्पन्न बैठकले विभिन्न ८ वटा विभागसमेत गठन गरेको छ ।

विभागीय जिम्मेवारी अनुसार प्रशिक्षण विभाग प्रमुखमा डण्ड गुरुङ, सदस्यहरुमा गजुरधन राई, लक्की चौधरी, देवीका घर्तीमगर, मनोज घर्तीमगर, जगत दोङ र अमरध्वज लामालाई जिम्मेवारी दिएको छ । त्यस्तै विदेश विभागको प्रमुखमा गजुरधन राई, सदस्यहरुमा मिलन लिम्बू, केदार मगर र सञ्चु ब्लोनलाई बैठकले जिम्मेवारी दिएको हो । संगठन विभाग प्रमुखमा मनोज घर्तीमगर, उप प्रमुखमा मिलन लिम्बू, सदस्यहरुमा दिपिन राई, निरज पिठाकोटे, समीर बलामी, हुम गुरुङ, देव पचभैया, अशोक राजी, रामचन्द्र कुश्मी र उषा तामाङ छन् ।

मंगबारको बैठकले प्रकाशन विभाग प्रमुखमा लक्की चौधरी, सदस्यहरुमा देविका घर्तीमगर, जगत दोङ, कमन देवान, विश्वराज तामाङ, दिपेन्द्र राई र बुद्धवीर बाहिङ राईलाई जिम्मेवारी तोकेको छ भने महिला विभाग प्रमुखमा देविका घर्तीमगर, सदस्यहरुमा अञ्जना शिल्पकार, सञ्चु ब्लोन, सरिता श्रेष्ठ, लक्ष्मी चौधरी, उषा तामाङ, अनिता गुरुङ, फुर्कीमा शेर्पा, मिलाकुमारी दरै र रुबी श्रेष्ठलाई जिम्मेवारी ताकेको छ । त्यस्तै आर्थिक विभाग प्रमुखमा अमरध्वज लामा, सदस्यहरुमा अञ्जना शिल्पकार, राजु चौधरी, विजयवोध लावती र फुर्कीमा शेर्पालाई जिम्मेवारी तोकेको छ भने संस्थागत समन्वय विभाग प्रमुखमा जगत दोङ, सदस्यहरुमा दिपेन्द्र राई, मनोज घर्तीमगर, चन्द्र पन्धाक लिम्बू, अनिता गुरुङ, नृपेन्द्रलाल श्रेष्ठ, विष्णुकुमार तामाङ, फुर्कीमा शेर्पा र सीताराम चौधरीलाई जिम्मेवारी तोकेको छ ।

त्यस्तै बैठकले अल्पसंख्यक समन्वय विभाग प्रमुखमा कमन देवान, सदस्यहरुमा ख्याम भुजेल, मिलाकुमारी दरै, यमन दनुवार र विनय चौधरीलाई जिम्मेवारी तोकेको छ भने भवन निर्माण अध्ययनका लागि मिलन लिम्बूको संयोजकत्वमा जगत दोङ र अञ्जना शिल्पकार सदस्य रहेको समितिलाई जिम्मेवारी तोकेको छ । उक्त समितिले तीन महिनाभित्र भवन निर्माणका लागि गरी प्रतिवदेन बुझाउने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...