Advertisement
SKIP THIS

तमु धीँ कोरियाको आठौ कार्यसमिती चयन गर्न सलनालमा बृहत भेला गरिने


दक्षिण कोरिया

सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ०) हरुको बाक्लो उपस्थितिको अपेक्षा सहित यहि २०१८ फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल सिन्सोलदोङ स्थित नेपाल हाउसमा एक बृहत भेलाको आयोजना गर्ने भएको छ ।

सोही बृहत भेलाबाटै आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमिति गठन गरिने र संस्थाको विधान अनुरुप नव गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई विधिवत् रुपमा शपथ ग्रहण गराईने कार्यक्रम रहेको तदर्थ समितिका संयोजक भिम गुरुङ (पर्वत) ले जानकारी दिनुभएको छ ।

तत्कालीन अध्यक्ष प्रदिप गुरुङको नेतृत्वमा बनेको सातौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा भई गत १९ नोभेम्बर २०१७ मा विघटन लगत्तै विविध कारणवश आठौं कार्यसमिति गठन हुन सकेको थिएन ।

नयाँ आठौं कार्यसमिति गठन नहुँदासम्म भिम गुरुङ (पर्वत) को संयोजकत्वमा कार्यकारी संयोजक बेल गुरुङ, कार्यकारी संयोजक जित गुरुङ, सञ्चालक सुरज गुरुङ, सह-सञ्चालक गुप्त गुरुङ, सह-सञ्चालक भिम गुरुङ (लमजुङ) लगायत ३१ जनाको सदस्यीय सहितको तदर्थ समिति गठन गरिएको थियो ।

सातौं कार्यसमिति विघटन भएपछिको गठन भएको तदर्थ समिति नै तमुहरुको महान् पर्व तमु खी ल्होसार र ल्होछार-२०७४ का लागि मूल आयोजक रहने गरि सदाको वर्षमा झैँ गत २०१८ जनवरी ०७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना ( 서울마리나) हलमा तमु खी ल्होसार र ल्होछार-२०७४ सम्पन्न भएको थियो ।

दक्षिण कोरियामा रहेका जातीय संस्थाहरुमा आफ्नो छुट्टै परिचय स्थापित गरिसकेको यस संस्थाले प्रवासमा छरिएर रहेका तमुहरुलाई एकत्रित गर्दै आफ्नो मौलिक पहिचान, भेषभूष, भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई जगेर्ना गर्न उल्लेखनीय भूमिका खेल्दै आईरहेको कुरा तदर्थ समितिका संयोजक भिम गुरुङले बताउनुभयो । उहाँ थप्नुहुन्छ – विगतमा जस्तै यस कार्यक्रममा पनि सम्पूर्ण तमुहरुको साथ, सहयोग र उपस्थिति रहनेमा विश्वस्त छु ।

नयाँ जोश र जाँगर सहित रचनात्मक भूमिकाले यस संस्थाको सुनौलो भविष्यमा नौलो आयाम थपिने कुरामा आशावादी रहँदै तमुहरुको एकता नै संस्थाको विकासको मेरुदण्ड भएकोले सबै सचेत र क्रियाशील हुनुपर्नेमा तदर्थ समितिका सञ्चालक सुरज गुरुङले जोड दिनुभयो ।

विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै जातीय अस्तित्व रक्षामा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । विरामी पर्दा, काम छोडेर बस्दा वा विभिन्न अप्ठ्यारो परिस्थितिमा बस्न सहज होस् भन्ने हेतुले करिव ३ वर्षदेखि सउल, थापसिम्नी स्थित तमु धीं आवास गृह (सेल्टर) पनि सञ्चालन भइरहेको छ ।

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तमु दाजुभाइ तथा दिदीबहिनीहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई हरसम्भव सूचना दिइएको र कारणवश प्राप्त नभए यहि सूचनालाई आधार मानेर उपस्थित जनाइ कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमु धीं दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ ।

नोट –  उक्त बृहत भेलामा चयन गरिने कार्यसमितिको प्रारम्भिक तथा अन्तिम तयारी बैठक आउँदो फेब्रुअरी ११ तारिक बसेर विविध विषयमा तय गरिने भएकाले कार्यसमितिमा आबद्व ईच्छुहरुले दिईएको नम्बरमा फोन गरेर जानकारी गराउनुहोला साथै उक्त फेब्रुअरी ११ तारिकको अन्तिम तयारी बैठकमा स्वयं उपस्थित पनि जनाउनुहोला ।

तपसिल

मिति – २०१८ फेब्रुअरी १५ तारिक बिहीबार ।
समय –   ठीक ११.०० देखि दिउँसो ०३.०० बजे सम्म ।
स्थान – नेपाल हाउस, सिन्सोलदोङ ।

सम्पर्कका लागि,
भिम गुरुङ (संयोजक) 010 5297 8850
सुरज गुरुङ (सञ्चालक)  010 8382 4342

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...