Advertisement
SKIP THIS

आणबिक परिक्षणले तताएको विश्व : समाचार विश्लेषण


उत्तर कोरियाले मंगलबार लामो दुरीको आणबिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । जसले लामो दुरीसम्म मार हान्न सक्नेछ । अब प्योङयाङले अमेरिकी भुभागमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने जनाएको छ । मंगलबार गरिएको परिक्षण कति शक्तिशाली भनेर स्वतन्त्र पुष्टि नभए पनि अहिलेसम्मकै सबै भन्दा बिकसित रुप हो भन्नेमा अमेरिका पनि बिस्वस्त छ ।
अहिले प्योङयाङसँग भएको क्षेप्यास्त्रको विकास गर्न अझै धेरै बाँकी भएको बीबीसीले लेखेको छ । क्षेप्यास्त्रको अघिल्लो भागमा अटाउने गरी आणविक विस्फोटक वस्तुलाई सानो आकारमा ढाल्नुपर्नेछ । साथै पृथ्वीको वायुमण्डलीय तहमा पुनः प्रवेश गर्दा सामना गर्नुपर्ने अवरोधबाट त्यसलाई जोगाउनुपर्ने पनि उल्लेख छ । यद्यपी विश्वलाई नै उत्तर कोरियासँग भएको क्षेप्यास्त्रको बारेमा धेरै थाहा छैन ।
आणबिक परिक्षण गरे पछि विश्व भरिबाटै उत्तर कोरियालाई उक्त कदम रोक्न दबाब आएको छ । रुसको भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिन पीङ र उनका समकक्षी भ्यादीमीर पुटिनले उत्तर कोरियाको कामले विश्वलाई अशान्त बनाउन सक्ने बताएका छन् । उनीहरुले यस्तो कदम रोक्न पनि प्योङयाङलाई भनेको छ । तर चीन र रुसको उत्तर कोरियासँगको सम्बन्धलाई लिएर अमेरिका बिस्वस्त छैन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले चीनले खासै उत्तर कोरियाको समस्यामा खासै वास्ता नगरेको भनेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन उत्तर कोरियाको समस्या वार्ताबाटै समाधान गर्नु पर्छ भन्ने मान्यता राख्ने नेतामा पर्छन् । उनले अब आउने हिउँदे ओलम्पिकमा दुबै देशका खेलाडी एउटै झन्डामुनी मिलेर सहभागिता हुनु पर्छ भनेको एक महिना नबित्दै प्योङयाङको यस्तो रबैया आएको हो ।
विश्वले जे भने पनि उत्तर कोरियाका शासक किम जोङ उनलाई भने फरक नपरेको जस्तो देखिन्छ । उनले क्षेप्यास्त्र ‘अमेरिकाको स्वतन्त्रता दिबसको उपहार’ भनेर टिप्पणी गरेको सरकारी टेलिभिजनले देखाएको छ ।
प्योङयाङको क्रियाकलप बिरुद्ध दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरेको छ । साथै संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक पनि बसेको छ । बैठकमा खासै केही नभए पनि अमेरिकाले उत्तर कोरियालाई सैनिक कार्बही गर्न सक्ने आशय ब्यक्त गरेको छ ।
यही शुक्रबार देखि जर्मनीमा शक्तिशाली देशहरुको सम्मेलन जी—२० सुरु हुँदैछ । यसमा मुख्य बिषय उत्तर कोरिया हुने पक्का छ । यसले के निष्कर्ष निकाल्छ भनेर अनुमान गर्न अहिले नै हतारो हुनसक्छ । तर वार्ता मार्फत समस्या समाधान गर्ने सके सबै भन्दा राम्रो हुनेमा कसैको शंका छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...