दक्षिण कोरियामा रहेका नेपालीको छुसक कस्तो हुँदैछ?


दक्षिण कोरिया
बिदा भन्ने बितिक्कै दिमागमा आउछ आराम र मनोरञ्जन । तर कसरी ? तरिका आफ्नो आफ्नो हुने गर्छ । विशेष चाडको समयमा हुने बिदाले ल्याउने खुशी दुईचार शब्दमा ब्याख्या हुदैन ।
दक्षिण कोरिया, ब्यस्त जिन्दगीमा फुर्सत नै  कहाँ हुन्छ र ? दैनिक काम १२ घन्टा देखि १६ घन्टा सम्म चल्छ । बाँकी समयमा सुत्ने आराम गर्ने । साप्ताहिक विदा कहिले हुन्छ कहिले हुदैन । तर विशेष चाडका रुपमा रहेको छुसकको समयमा भने प्राय सबै तिर विदा छ । अर्थात आराम र मनोरञ्जन गर्ने समय ।
नेपालबाट विभिन्न उदेश्यले दक्षिण कोरियामा आएर बस्ने नेपालीहरु धेरै छन् । कोही अध्ययन गर्न आएका छन् । कोही व्यापार व्यवसाय गर्न । धेरै नेपाली भने काम गर्न दक्षिण कोरियामा छन् ।
छुसकको समयका लागि बजारमा सेल अफर प्रशस्तै छन् । जता गयो त्यतै भारी मात्रामा मुल्यमा छुट छ । कोरियामा रहेका नेपालीहरुका लागि विभिन्न खालका लाइभ कन्सर्ट, डान्स पार्टी जस्ता मनोरंजनात्मक कार्यक्रम पनि छन् । कोरियनहरुले छुसक मनाइरहदा कोरियामा विभिन्न क्षेत्रमा आवद्ध नेपालीले छुसक कसरी मनाउछन् त ?

vagawoti
भगवती गुरुङ,  खेङगीदो ख्वाङ्जु
म नेपालको दोलखाबाट दक्षिण कोरिया आएकी हुँ । कोरिया आएको पनि चार बर्ष पुग्नै लाग्यो । पहिले पहिले म कन्सर्ट हेर्थेँ । नेपाली फिल्महरु पनि हेरियो । खुब रमाइलो पनि हुने । यही मौकामा साथीहरु सबै भेटघाट हुने भएकोले पनि रमाइलो लाग्छ । यो बर्ष भने म बहिनीलाई भेट्न ससानसि जानुछ । बहिनीको  कोरिया बसाई सकिन लाग्यो ।  कृषिमा काम गर्ने बहिनीको यस पटक छुसकमा पनि बिदा मिलेन । त्यसैले म आफै जान्छु । बहिनीसँग भेटघाट हुँदा घरका कुरा हुन्छन् । गाउँका कुरा हुन्छन् । आफै नेपाल भएको अनुभब हुन्छ । आनन्द लाग्छ ।

dhananjaya

धनन्जय साह ः विद्यार्थी, ख्युङही विश्वविद्यालय
म झापाको गौरीगञ्जबाट पढ्नको लागि दक्षिण कोरिया आएको हुँ । अहिले म ख्युङही विश्वविद्यालयमा इकोनोमी डेभलभमेन्टमा मास्टर डिग्री गर्दैछु । म नेपालमा राष्ट्रिय योजना आयोगमा काम गर्छु ।
छुसक कोरियनहरुको महत्वपुर्ण र ठूलो चाड हो । मैले छुसक मनाउन लागेको पहिलो पटक हो । त्यसैले धेरै उत्साहित छु । लामो बिदा हुने भएकोले म कोरियाको ऐतिहाँसिक र पुरातात्विक महत्वको ठाउँहरु घुम्ने योजनामा छु । पुराना दरबार, इतिहास झल्काउने संग्रालय र केही परम्परागत गाउँहरु घुम्छु । छुसकले विदेशीहरुलाई कोरियन संस्कृति बुझ्ने मौका दिन्छ ।

pranab

प्रनाम राई ः नाजुसी, दक्षिण कोरिया ।
म पाँचथरको रबी गाउँबाट तीन बर्ष अघि कोरिया आएको हुँ । अहिले दक्षिण कोरियाको नाजुमा छु । पहिले पहिले साथीभाइ कम थिए । चिनजान थोरै थियो । अहिले साथीहरु धेरै छन् । छुसकको पहिलो दिन नाजुमा बस्ने नेपाली समूह मिलेर फुटबल खेल्दैछौ । त्यसपछि सउल जाने कार्यक्रम छ । हामी बसेकोबाट सउल टाढा छ । लामो बिदा भएको समयमा नै हो ठाउँहरु घुम्ने ।  म चाहि कन्काई सांगीतिक कार्यक्रममा जान्छु । बेलुकी भने किरात यायोख्यको डान्स पार्टीमा जाने । त्यसको भोली पल्ट फेरी नाजु फर्कन्छौ ।

asmita
अस्मिता मगर ः बो¥याङसी ।
पोखराबाट दुई बर्ष अघि दक्षिण कोरिया आएको हु । छुसकमा गत बर्ष पनि रमाइलो भयो । एग्रीकल्चरमा आएकोले विदा त्यति राम्रो हुँदैन । यो सालमा पनि दुई दिन जति हुन्छ बिदा । बर्ष भरिको दुःख बिर्सेर रमाइलो गर्ने हो । म बसेको ठाउँबाट सउल जान तीन घन्टा जति लाग्छ । कन्सर्ट छ नेपथ्यको । त्यही हेर्न जाने योजना छ । साथीहरुसंग  भेटघाट हुन्छ । रमाइलो हुन्छ ।

prakash
प्रकाश भट्टराई ः आनसानसी ।
मेरो घर स्याङजा हो । कोरिया आएको दुई बर्ष पुग्नै लाग्योे । गएको बर्ष खासै रमाइलो भएन । कम्पनी धेरै बिजी भएर । यो बर्ष पाँच दिन नै बिदा छ । साथीभाइसँग इभरल्यान्ड घुम्न जान्छु । कोरियाकै रमाइलो ठाउँ हो भन्छन् ।  घुमेको छैन । साथीसंग सउल जाने कार्यक्रम छ । नेपथ्यको कन्सर्ट हेर्छु ।

khagendra
खगेन्द्र खत्री ः लालीगुराँस रेष्टुरेन्ट, फारान
मेरो जन्मस्थान भोजपुर हो । नौ बर्ष अघि कोरिया आएको हुँ । अहिले फारानमा लालीगुराँस रेष्टुरेन्ट चलाएर बसेको छु । छुसकमा अरु बेला भन्दा रेष्टुरेन्ट बढि ब्यस्त हुन्छ । भेटघाट गर्ने ठाउँ जस्तो हुन्छ रेष्टुरेन्ट । टाढा टाढाबाट नेपालीहरु खानपिनका लागि आउँछन् । खुशी लाग्छ । मेरो सानो योजना छ । एग्रिकल्चरमा काम गर्ने साथीहरुको लामो छुट्टि हुदैन । त्यस्ता साथीहरुका लागि नेपालबाट आएका कलाकारलाई समय मिलाएर यतै डाकेर रमाइलो गर्ने योजना छ ।

अन्त्यमा बर्षमा एक पटक आउने छुसकको विदा सफल रहोस् । जहाँ जसरी भए पनि रमाइलो गरेर समय बिताउनुस । शुभकामना । हैप्पी छुसक ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...