कोरियामा ७ बर्षे बच्चाको उपचार सहयोग अभियान


सोल-ओखलढुंगा जिल्ला वाक्सा गाविस वार्ड न.४ बस्ने खगेन्द्र राईको ७ वर्षीय छोरा सुबधन राई दुवै मृगौलामा क्यान्सर लागेर हाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् |अत्यन्तै दयनीय आर्थिक अवस्था रहेको उक्त बच्चाको आमा दैनिक मजदुरीमा जान्छन भने उक्त बच्चाको कुरुवाको रुपमा फूपुले हेरिरहेका छन् भने बच्चाको बाबु खगेन्द्र अत्यन्तै न्यून तलवमा साउदी अरवमा वैदेशिक रोजगारमा छन् |

 

दयनीय आर्थिक अवस्थाको कारण बच्चाको उचित उपचार हुन सकिरेहको छैन |दैनिक उपचारको लागि औषधि किन्ने पैसाको अभावमा यी अवोध वालक मृत्युसंग लडिरहेका छन् | डाक्टरले अझैँ ३ वर्ष निरन्तर उपचार जारि राख्नु पर्ने जनाएका छन् | प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात महान भने जस्तै समाज सेवाको लागि छुटै पहिचान सकेका कोरियावासी नेपालीहरुमा सहयोगका लागि ओखलढुंगा सेवा समाज कोरियाले अनुरोध गरेको छ |
समाजले १ लाख वन सहयोग गर्ने निर्णय गरेको छ समाजका सह सचिव फडिन्द्र अधिकारिको संयोजकत्वमा नरेशकुमार राई ,श्रीराम गुरुङ, दिलिप श्रेष्ठ इपिएस छिन्गु रहेको ५ सदस्यीय उपचार सहयोग समिति बनाइ सहयोग अभियान थालेको छ |

 

संकलित रकम समाजको प्रतिनिधि र इपिएस छिन्गुबाट हस्तान्तरण हुने जनाइएको छ | प्राप्त सहयोग रकम दैनिक अपडेट हुने संयोजक फडिन्द्र अधिकारीले बताए | आफुलाई लागेको स्वेच्छिक सहयोग रकमान्तर गरिसकेपछि ०१० ८६८७ ७१९१ मार्फत एसएम एस गरि आफ्नो नाम र ठेगाना पठाई दिन पनि समाजले अनुरोध गरेको छ | कोरियामा ३ हप्ता चलाइने यो अभियानबाट संकलित् सम्पूर्ण रकमको विवरण अनलाइन र समाजको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरिने जनाइएकोछ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...