इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण


इलामेली समाज दक्षिण कोरियाद्वारा इलाम जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकाको २४ वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ। गतवर्ष कोरियाको चाड छुसकमा आयोजित “इलाम चियाबारी सांगितिक धमाका २०२३” को मुनाफाबाट २२ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको अध्यक्ष टिका थेगिमले जानकारी दिएका छन्।

वितरण गरिएका स्वास्थ्य सामाग्री

चैत्र२५ आइतवार समाजका पूर्व अध्यक्ष दर्पण गुरुङको संयोजकत्व, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा र नेपाल प्रहरी शशत्र प्रहरी एवम जनप्रतिनिधिको रहोवरमा इलाम बजार क्षेत्रमा वितरण गरिएको कार्यक्रममा बर्तमान समितीका प्रतिनिधी यामु राई र सहयोगी मान बहादुर लिम्बूको पनि उपस्थिति रहेको थियो।

माई नगरपालिकाको थाक्ले, सालबोटे,माई जोगमाईको सोयाङ र जोगमाई,सन्दकपुरको जमुना, माबु र फेमेगुरु, इलाम नगरपालिकाको सुम्बेक,सॉंखेजुङ,बरबोटे र पिपलबोटे साथै देउमाई नगरपालिकाको चमैता, मैदाने र शान्तिडॉंडालगायत १५ स्थानमा उक्त कार्यक्रम मार्फत वितरण गरिएको थियो।

यसैगरि चुलाचुली गाउँपालिकाको तोरीबारी,साक्फारा फुङनाममा चन्द्र बहादुर राई,माङ्सेबुङको लारुम्बा र गजुरमुखीमा नरेन्द्र कुमार राई र धडकन सम्बाहाम्फे,फाकफोकथुमको फुएतप्पा,ठिंगेपुर, एकतप्पामा दिपक योङहाङ र मिलन सम्बाहाम्फे, रोङमा राजन चाम्लिङ,सुर्योदय नगरपालिकामा प्रेम रिजालले वितरणमा सहयोग गरेका थिए।

सन २०१४ मा स्थिपित यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ। कोरियामा अन्य संस्थाहरुले विभिन्न उद्देश्य लिएर कार्यक्रम गरेतापनि सहयोग गरिएको विरलै मात्र पाइन्छ। कतिपय संस्थाहरु कार्यक्रम समापन पछि लोप भएका उदाहरण पनि भेटिन्छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...