कोरियामा सप्ताहव्यापी ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव’, ७ दिनमा ७ विधाका कार्यक्रम


अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा ७ दिनमा ७ विधाका कार्यक्रम गरी मनाउने भएको छ । विश्वभर हरेक बर्ष फेब्रुअरी २१ का दिन मनाईने “अन्तर्राष्ट्रिय मातृभाषा दिवस” लाई यो बर्ष आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले भौतिक तथा अनलाईन माध्यमबाट यसरी एक हप्ता मनाउन लागेको हो । 

अन्तिम सेसन भने २५ तारिख आइतबार भौतिक रूपमा उपस्थिति भएर समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष खेम पुन मगरले फोनिज कोरियालाई बताएका हुन् । 

सात दिने कार्यक्रमको पहिलो दिन अर्थात फेब्रुअरी १९ तारिखका दिन नेपालमा मातृभाषा साहित्यको अवस्था : अवसर र चुनौतिहरु बिषयमा लेखक तथा साहित्यकार राजन मुकारुङको विचारबाट अभियानको आरम्भ हुनेछ । सोही दिन उदय राज आलेको कुसुण्डाको अलग संसार बारे कार्यपत्र प्रस्तुत हुनेछ । साथै पुजा माझीद्वारा माझिको भाषिक साँस्कृतिक अवस्था बारे कार्यपत्र समेत प्रस्तुत गरिने छ । पहिलो दिनको उक्त सेसनको कार्यक्रम संचालन गजलकार विनेश मिन्जाईले गर्ने छन् । 

दोश्रो दिन २० फेब्रुअरीमा ‘पाठ्यक्रममा मातृ भाषा’ बिषयमा विमर्श  हुनेछ । विमर्शमा जिवन रोक्का मगर, विमला माझी र पदम राई वक्ताको रुपमा रहनेछ भने सहजकर्ताको भूमिकामा बिकास रोक्का मगर रहेका छन् ।  

तेश्रो दिन २१ तारिखका दिन ‘भाषाको’ मृत्यु विषयमा विमर्श कार्यक्रम रहेको छ । जसमा भाषाविद अमृत योञ्जन र गुरुङ शुसान्त वक्ताको रुपमा रहनेछ भने सहजकर्तमा दिलिप वान्तवा रहेका छन् ।

चौथो दिन २२ तरिखमा कैलाश राईले ग्याल्जेन शेर्पा र गोविन्द छन्त्यालसँग ‘कहाँ पुग्यो आदिवासी मुद्दा?’ बिषयमा विमर्श गर्नेछन्   

पाँचौँ दिन २३ तारिखका दिन कविहरु पराजित पोमु र प्रगती राई सँग खोम गुरुङले ‘भुईमान्छेका आवाज भित्रका आवाजहरु’ बिषयमा विमर्श गर्नेछन्   

छैटों दिन २४ मा ‘कवितामा मातृभाषाका स्वरहरु’ बिषयमा विमर्श हुनेछ । एडेन छन्त्यालले संचालन गर्ने उक्त सेसनमा विभिन्न भाषाका कविहरुसँग विमर्श हुनेछ ।

त्यस्तै सातौ दिन अर्थात २५ तारिखका दिन भने दक्षिण कोरियाको खिमे शहर स्थित जि के एस् हलमा भौतिक रुपमा उपस्थित भएर सप्ताहव्यापी कार्यक्रमको अन्त्य गरिनेछ । कोरियन समय अनुसार विहन ११ बजे सुरु हुने उक्त दिनको कार्यक्रममा वक्ताहरु केरुङ हाङ्सेङ्, शुष्मा रानाहाँमा र बिष्णु सन्यासको साथमा उत्तम खजुमले ‘भाषा आन्दोलन र नयाँ पुस्ता’ बिषयमा विमर्श गर्दै कार्यक्रमको अन्त्य गरिनेछ । 

फेब्रुअरी १९ देखी २४ सम्मको कार्यक्रमहरु नेपाली समय अनुसार साँझ ५ बजे(कोरियाली समय बेलुकी ८:४५) जूम अनलाईन र फेसबुक लाईभ मार्फत हुनेछ । 

कुनै पनि भाषा लोप हुनु भनेको, त्यो भाषा बोल्ने समुदायको सिंगो सभ्यता, कला, संस्कृती र ईतिहास लोप हुनु हो । कला, भाषा, संस्कृती तथा सभ्यता भन्नू कुनै पनि राष्ट्रका लागि सबैभन्दा ठूलो तागत हो भन्दै अध्यक्ष पुनले देश विदेशमा भएका सम्पूर्णमा कार्यक्रममा सहभागि हुन अनुरोध गरेका छन्     

संस्थाले स्थापनाकाल देखि नै मातृभाषाको संवर्द्धन, उन्नयन साथै आदिवासी जनजातिका मुद्दाहरु माथी बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सन् २००० मा संयुक्त राष्ट्र सङ्घले फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मान्यता दिएपछि यस दिनलाई मातृभाषा दिवसको रूपमा मनाउँदै आइरहेको छ ।

अनलाईन मार्फत हुने कार्यक्रममा उपस्थित हुन 

Zoom ID : 86976720024

Passcode : 2024219

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...