छुसकको पहिलो दिन धनकुटा साँस्कृतिक सौगातले कोरियामा तहल्का मच्चाउने, तैयारी तीब्र


धनकुटा सेवा समाज दक्षिण कोरिया दशौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा छुसकमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। सेवा समाजद्वारा सञ्चालित दिर्घकालिन सेल्टर ब्यवस्थापन सहयोगार्थ गर्न लागिएको कार्यक्रमको तैयारी तिब्र गतिमा अगाडि बढेरहेको अध्यक्ष परदेश राइले जानकारी गराएका छन्। धनकुटा सेवा समाजले लामो समयदेखि सेल्टर सञ्चालन गरि काम छाडेर बसेकाहरु, विरामीहरुलाई समेत सेवा दिँदै आइरहेको छ।


सेप्टेम्बर १२ तारिखका दिन सउलमा नेपालबाट आमन्त्रण गरिएका कलाकारले भरपुर मनोरञ्जन दिलाउनेमा आयोजक विश्वस्त रहेको छ। सास्कृतिक कार्यक्रममा सुगम संगीतका चम्किला तारा अन्जु पन्त, विशेष आकर्षणमा रहेका लोकप्रिय गायक पुष्पन प्रधान, नेपाली पप संगीतमा एकछत्र राज गरेका बहुचर्चित गायक निमा रुम्बा यसैगरी नेपपमा तहल्का पिटिरहेका यूवा पुस्तामाझ सर्वाधिक रुचाइएका र्‍यापर भि-टेन यसैगरी बेजोड प्रस्तुति दिनसक्ने गायकहरु देवेन चेम्जोङ, साजन राई, जशोदा सुब्बा, आश्रा कुंवरको प्रस्तुति रहने छ।


कार्यक्रम दोगंदेमुन बाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलमा हुनेछ। हलसम्म जानको लागि दोगंदेमुनबाट बसको ब्यवस्था पनि गरिएको छ ।

आफ्नो पहिलो सांस्कृतिक कार्यक्रमलाई सफल बनाउनका निम्ति कोरियामा रहेका सम्पुर्ण संघ संस्था र नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...