उत्तर कोरियालीहरुको रमाइलो


 

विश्व भरि क्रिसमस र नयाँ बर्षको रमाइलो छ । उत्तर कोरियामा पनि मानिसहरु सडकमा निस्किएर रमाइलो गरिरहेका छन् । मौसम माइनस १० डिग्री सेल्सियस भन्दा बढि छ । जता ततै हिउँ नै हिउँ छ । तर उनीहरुले न त क्रिसमस मनाउन लागेका हुन न त नयाँ बर्षकै तयारी ।
वास्तवमा उनीहरुले नेता किम जोङ उनकी हजुरआमा किम जङ सुकको १०० औँ जन्मतिथिको मौकामा मनाएको बताइएको छ ।
उत्तर कोरियामा क्रिसकमस मनाउनेलाई जेल सजाय तोकिएको छ जहाँ उनीहरु कडा यातनाको शिकार हुन सक्छन् । त्यसैकारणले पनि कसैले क्रिसमसको अवसरमा कुनै किसिमको उत्सव मनाउने गर्दैनन् । तरपनि शून्य डिग्री भन्दा कम तापमानका बेला चारैतिर हिउँले ढाकिएको सडकमा उत्तर कोरियाली नागरिकहरुले नाचगान गरेर जोङ सुकको जन्मतिथि भव्य तरिकाले मनाएका हुन् । किम जङ सुक सन् १९३० देखि कोरियाली स्वतन्त्रताको कार्यकर्ता र कम्युनिस्ट राजनीतिज्ञका रुपमा सक्रिय थिइन् ।

३१ वर्षकै उमेरमा उनको मृत्यु भइसकेको बताइएपनि त्यसको कारण भने अझै रहस्यमय भएको बताइएको छ । जापान विरुद्धको क्रान्तिमा पनि उनको ठूलो भूमिका रहेको बताइन्छ ।

यता देशमा थपिँदै गएका प्रतिबन्धले संकट बढाइरहँदा उच्च अधिकारीहरुले संयुक्त राष्ट्र संघको यस निर्णयले युद्ध निम्त्याएको भन्दै आक्रोस पोखिरहेका छन् ।
नागरिकहरु चाहिँ नाचगानमा रमाइरहेको देखिनु धेरैले अनौठो मानिरहेका छन् । शुक्रबारदेखि लागु गरिएको प्रतिबन्धले आगामी दिनहरुमा उत्तर कोरियाको जीवनशैलीमा धेरै समस्या उत्पन्न गराउने निश्चित छ । तर पनि उत्तर कोरियाली नागरिकहरु यसरी सडकमा नाचगान सहितको रमाइलो विशेष अबसरमा मात्र गर्ने गर्छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...