कास्की परिवार दक्षिण कोरियाले तीज कार्यक्रम गर्ने
नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका दिदिबहिनीहरुलाई दर खुलाउने कार्यक्रम राखेको छ । यो कार्यक्रम आउँदो १३ तारिख आइतबार सउल दोङ्देमून स्थित पुजा रेस्टुरेन्टमा हुने कास्की परिवारका वरिष्ठ उपाध्यक्ष तथा तीज कार्यक्रमका संयोजक हरि शङ्खर भण्डारीले जानकारी गराएका छन् ।
त्यस्तै सोही समूहले छुसकको अवसर पारेर माछापुच्छ्रे साङ्गितिक सौगात भाग ३ ‘नेपथ्य लाइभ कन्सर्ट’को आयोजना गर्ने लागेको छ । ‘नेपथ्य कास्कीको सफल समूह हो । हामीले गर्न लागेको यो संस्कृतिक कार्यक्रममा सबै कास्कीका साथीहरु साथै सबै नेपालीलाई मनोरञ्जन दिने आशा गरेका छौ ।’ कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी ‘पाशा’ले भने । कार्यक्रमलाई सफल पार्नको लागि कोरियामा रहका सबैसँग सहयोगको अपेक्षा गरेको अध्यक्ष जलारीले बताए ।