Advertisement
SKIP THIS

Bimal Singh Lama

 

बुसानमा छैटौँ बुद्ध जयन्ती फुट्सल कप २०२५ आयोजना हुँदै

तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखा, दक्षिण कोरियाले सन् २०१८ देखि आयोजना गर्दै आएको बुद्ध जयन्ती फुट्सल प्रतियोगिताको छैटौँ संस्करण मे ४, २०२५ मा हुने भएको छ। “नाना आङा धिम” महिला सेल्टर सहयोगार्थ आयोजित यो प्रतियोगिता बुद्ध जयन्तीको अवसरमा पुरुष र महिला फुट्सल कपको रूपमा सञ्चालन हुनेछ। “भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने सन्देश विश्वसामु पुर्‍याउने मुख्य उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धनराज तामाङले बताएका हुन । साथै प्रतियोगिताले नेपालीहरूबीच भाइचारा र एकता अभिवृद्धि गर्ने तथा फुट्सलप्रति रुचि राख्ने खेलाडीहरूलाई प्रोत्साहन र विकासको अवसर प्रदान गर्ने उद्देश्यफुर्सदमा


घेदुङ ख्याङ्साङ बुसान शाखाको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा धनराज पाख्रिन

नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाको ५ औं अधिवेशन ख्याङ्साङ नाम्दोको किम्हे शहरस्थित न्यू लिटल इन्डिया रेस्टुरेन्टको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। साथै आइतवार भएको अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वको अध्यक्षमा धनराज पाख्रिन तामाङ निर्वाचित भएका छन्। त्यस्तै, बरिष्ठ उपाध्यक्षमा चित्र ब्लोन, उपाध्यक्षहरूमा नेत्र वाइबा, पुष्प मोक्तान र फोर्स रुम्बा चयन भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी साबित थिङले पाएकी छन्। महासचिवमा प्रकाश लोप्चन चुनिएका छन् भने सचिव पदमा टीका मोक्तान, रोहित योन्जन र धनराज पाख्रिनले जिम्मेवारी पाएका छन्। कोषाध्यक्षको रूपमा अनिल लामा रफुर्सदमा


दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम

सियोल, अप्रिल ४, २०२५ – दक्षिण कोरियाको संवैधानिक अदालतले आज राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोगलाई सदर गर्दै उनलाई पदबाट हटाउने फैसला गरेको छ। यो निर्णयले दक्षिण कोरियाको लोकतान्त्रिक इतिहासमा नयाँ अध्याय थपेको छ र देश अब ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचनको तयारीमा जुट्नेछ। युनको पदमुक्ति उनले गत डिसेम्बर ३, २०२४ मा छोटो समयका लागि सैन्य शासन (मार्शल ल) घोषणा गरेको विवादास्पद कदमको परिणाम हो, जसले देशभर ठूलो राजनीतिक संकट र जनआक्रोश निम्त्याएको थियो। युन सुक योल, जो सन् २०२२ मा पावर अफ द पीपल पार्टीबाट राष्ट्रपति निर्वाचितफुर्सदमा


थेजनमा दूतावासको राहदानी घुम्ती शिविर र श्रमिक सचेतना कार्यक्रम हुने

सियोल,अप्रिल १, २०२५ — नेपाल दूतावास, सियोलले कोरियामा रहेका नेपाली नागरिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्ने उद्देश्यले थेजनमा राहदानी घुम्ती शिविर र श्रमिक सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ। दूतावासको आयोजना र एन.आर.एन.ए. छुङछड्दो र थेजन नेपाली समाजको सहकार्यमा २०२५ अप्रिल २० (२०८२ वैशाख ७ गते) मा यो कार्यक्रम आयोजना हुनेछ। दूतावासले कोरियामा रहेका नेपालीहरूलाई नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्ने, र श्रमिक सचेतना सम्बन्धी जानकारी लिन यो अवसरको लाभ लिन अनुरोध गरेको छ। राहदानी र कन्सुलर सेवाका लागि प्रचलित कानुनले तोकेको शुल्कबाहेक कुनै थप शुल्क नलाग्नेफुर्सदमा


दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु

सियोल, मार्च ३०, २०२५ — दक्षिण कोरियाको दक्षिण-पूर्वी क्षेत्रमा फैलिएको जंगलको आगलागीले ठूलो विनाश मच्चाएको छ। मार्च २१ मा दक्षिण ग्योङसाङ प्रान्तको सन्छङ्कुन (산청군)बाट सुरु भएको यो आगलागी उल्सान, उइसोङ, र अन्डोङसम्म फैलिएको छ । हालसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १९ जना घाइते भएको दक्षिण कोरियाको राष्ट्रिय वन सेवाले जनाएको छ। आगलागीले १७,५४४ हेक्टर (४३,३३० एकड) जमिन जलाइसकेको छ, जसमा सयौं घर, कारखाना, र ऐतिहासिक संरचनाहरू नष्ट भएका छन् (Reuters, मार्च २९)। उइसोङको १,३०० वर्ष पुरानो गौन्सा मन्दिर पूर्ण रूपमा ध्वस्त भएको छ भने युनेस्को विश्वफुर्सदमा


नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिबेशन यहि आउदो अप्रिल  ६ तारिक आइतबार हुने भएको छ । ख्याङसाङ नामदोको किम्हे शहर स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्टको सभा हलमा ऐतिहासिक अधिवेशन हुन लागेको घेदुङ अध्यक्ष सोम योञ्जन तामाङले फोनिज कोरियालाई जानकारी दिएका हुन। विधान अनुसार वर्तमान कार्यसमितिको २ बर्षे कार्यकाल सकिसकेकोले नियमित अधिवेशन गर्न लागेको जनाएको छ । त्यसैले अधिवेशन सफल पार्न ख्यङ्साङ् बुसान आसपास रहेको सम्पूर्ण तामाङ तथा गैरतामाङ दाजुभाई दिदि बहिनीहरु, विभिन्न क्षेत्रीय, जातिय संघ-संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी, विधार्थी, खेलाडी लगायत सम्पूर्ण लाई उपस्थितिका लागि घेदुङफुर्सदमा


कोरियाको विभिन्न ५ सहरहरूमा ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

मञ्जुश्री संवत् २८६१ सा पुख्री अर्थात् डुल ल्होको अवसरमा विशेष सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम २०२५ भव्यताका साथ मनाएको थियो । दक्षिण कोरियाको विभिन्न पाँच शहरहरू राजधानी सउल, दोस्रो ठुलो सहर बुसान, मोक्पो, गजेदो र जेजुदोमा विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएको हो । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा राजधानी सउलमा भव्य रूपमा मनाएको हो । नेपाल सउल गुम्बाका लामा गुरुहरूद्वारा सामूहिक मङ्गल पूजापाठ गरी सुरुवात भएको ल्होछार कार्यक्रममा प्रमुख अतिथि, अन्य अतिथिहरूले सामूहिक औपचारिक कार्यक्रमको उद्घाटन गर्दै ताम्बा धावा वाङ्गेल मोक्तानको साङसेरकेम ह्वाइ शुभराज भोम्जन, अमिर योञ्जन, निर योञ्जन,फुर्सदमा


दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६१ औं डुक ल्हो (सला पुख्री ल्हो) सर्प वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रलले सलनालको पहिलो दिन “दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ ल्होछार बृहत सॉस्कृतिक कार्यक्रम-२०२५” को आयोजना गर्ने भएको हो । जनवरी २८ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम हुने छ ।   यसको लागि समुर्ण तयारी पुरा भएको अध्यक्ष राजाकुमार स्याङतानले फोनिज कोरियलाई जानकारी दिएका हुन् ।  ल्होछार कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु आउने बताएकोफुर्सदमा


ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने

नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टले कोरियाको महान चार्ड छुसकको अवसरमा नेपाली चर्चित र्यापर दिनेश नेपाली(DNX),कोरियामा नेपाली माझ चर्चित र्यापर दोर्जे जो जो ,अनिश केसी होस्ट मिनु मोक्तानको साथमा ह्याप्पी छुसक नाईट-२०२४ आयोजना गर्ने भएको छ । नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्ट नेपाल लगायत कोरियामा नेपाली चलचित्र वितरक होस या विभिन्न ईभेन्टहरु आयोजना गरी नेपाली उत्पादन लाई अन्तराष्ट्रीयकरण गर्ने प्रयासरत नेपाल सरकारमा दर्ता भएको कम्पनी हो।”नेपाली भाषा,कला र संस्कृतिको जगेर्ना गरौ,नेपाली उत्पादन बस्तुलाई अन्तराष्ट्रियकरण गरौ”भन्ने मुल उद्देश्य रहेको  इन्टरटेटमेन्ट कम्पनि ई.वि संवत् २०२३ सालमा स्थापना भएको  हो  भने स्थापना कालदेखि नै कुनै संघसंस्थाफुर्सदमा


काभ्रे सम्पर्क समितिको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम हुने

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आगामी सेप्टेम्बर १४ र १५ मा बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको छ । संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले फोनिज कोरियालाई बताएका  हुन् । सौल नजिकै रहेको 북한산 पहाडको फेदिमा रहेको रमाइलो वातावरणमा कार्यक्रम गर्न लागिएको जनाएको छ । ‘विशेष गरी संस्थाको साधारण सभा गर्ने र रमाइलो भेट्घाट पनि गर्ने भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।’ अध्यक्ष चौलागाईले बताए । ‘त्यसैले कोरियामा रहेका काभ्रेली लगायतफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...