Bimal Singh Lama
फेब्रुअरी १६ मा ‘बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २०२६’ हुने
सोल, दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) को पावन अवसरमा ‘बृहत सांस्कृतिक कार्यक्रम-२०२६’ आयोजना गर्ने भएको छ। आगामी फेब्रुअरी १६ तारिखका दिन सोलस्थित वर्ल्ड के-पप सेन्टरको ग्लास हलमा यो कार्यक्रम सम्पन्न हुने घेदुङले जनाएको छ। कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका महासचिव अभिषेक थिङ तामाङले ल्होछारलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको बताएका छन्। कार्यक्रमबाट संकलित रकमले घेदुङले सञ्चालन गर्दै आएको ‘दीर्घकालीन शैक्षिक कल्याणकारी कोष’ लाई सहायोग गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उनले भनेका छन्:फुर्सदमा
फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो अधिवेशन आगामी फेब्रुअरी ८ तारिखमा हुने भएको छ। हालै बसेको कार्यसमितिको बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो। कार्यवाहक अध्यक्ष उत्तम खजुमको अध्यक्षतामा बसेको बैठकले आगामी २०२६ फेब्रुअरी ८ तारिख, आइतबारका दिन सउलको दोङदेमुनस्थित ‘नेपाली थाइ रेस्टुरेन्ट’ को सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको छ। अधिवेशनको मिति सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष खाजुमले सोही दिन अन्य संघ-संस्थाहरूलाई आफ्ना कार्यक्रम नजुधाइदिन आग्रह गरे। उनले भने, “हामीले संस्थाको साङ्गठनिक सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि अधिवेशनको मिति तय गरेका छौँ, यसलाई सफल पार्न सबैकोफुर्सदमा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
इन्डियन आइडल सिजन ३ का विजेता प्रशान्त तामाङको आज ४३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दिल्लीमा बस्दै आएका प्रशान्तको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको यो असामयिक निधनले संगीत र चलचित्र क्षेत्रमा ठूलो शोक छाएको छ। सन् २००७ मा इन्डियन आइडलको उपाधि जितेपछि प्रशान्त एकाएक चर्चामा आएका थिए। उनको त्यो सफलताले संसारभरका नेपालीलाई खुसी तुल्याएको थियो। उनले गाएका ‘असारै महिनामा’, ‘एउटा फूल’, र ‘मलाई नेपाली हो भन्न’ जस्ता गीतहरू नेपाली संगीतका कालजयी सिर्जना मानिन्छन्। यी गीतहरूले उनलाई नेपालीको घर-घरमा लोकप्रिय बनाएका थिए। गायनमा सफलफुर्सदमा
उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
जब-जब ‘उज्यालो नेपाल’को प्रसङ्ग उठ्छ, तब मेरो मानसपटलमा लगभग ८ वर्ष अगाडिको त्यो कठिन संघर्षका दृश्यहरू झलझली घुम्न थाल्छन्। उज्यालो नेपाल अभियानमा काँधमा काँध मिलाएर सडकमा ओर्लिएका ती साथीहरूलाई मेरा आँखाहरूले आज पनि खोजिरहन्छन्। ओ हो, सर्वोच्च अदालतको निर्णय विरुद्ध नै पो? त्यो पनि सर्वोच्च अदालत कै अगाडि प्रदर्शन! कानूनका धारा उपधारा जान्ने एक जना सहभागी मित्रको आन्दोलन हुनुपूर्व छलफलको क्रममा आन्दोलन सफल होला र भन्ने शंकास्पद आशंका थियो। केही दिनमा त बृहद जनप्रदर्शन। सबैलाई आह्वान पनि गरिसक्यौं। उत्पीडित जागरण अभियान मोर्चा हाल नाम परिवर्तन भएर/गरेर “उत्पीडित जागरण अभियान समाज”फुर्सदमा
पत्रकार महासंघ कोरियाको अधिवेशन अन्योलमा: असन्तुष्ट पक्षद्वारा ‘स्थगन’ को माग, अध्यक्ष भन्छन्– “तयारी पूरा भयो”
नेपाल पत्रकार महासंघ (एफ एन जे) दक्षिण कोरियाको आठौँ अधिवेशनको पूर्वसन्ध्यामा विवाद थप चर्किएको छ। एकातिर संस्थापन पक्ष अधिवेशन गर्ने अन्तिम तयारीमा छ भने अर्कोतिर असन्तुष्ट क्रियाशील पत्रकारहरूको समूहले केन्द्रको स्पष्ट निर्देशन नआएसम्म अधिवेशन स्थगित गर्नुपर्ने अडान राखेको छ। असन्तुष्ट पक्षले विधान उल्लंघन, राजनीतिक हस्तक्षेप र सदस्यता नवीकरणमा विभेद भएको भन्दै आफ्ना माग र गुनासाहरू नेपाल पत्रकार महासंघको केन्द्रीय समिति (काठमाडौँ) मा पठाइसकेको जानकारी दिएको छ। उनीहरूका अनुसार केन्द्रबाट यस विषयमा स्पष्ट आधिकारिक पत्र वा निर्देशन नआएसम्म अधिवेशन अगाडि बढाउनु अवैधानिक हुनेछ। विज्ञप्ति जारी गर्ने समूहले भनेको छ, “हामीले केन्द्रमाफुर्सदमा
काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
दक्षिण कोरियामा कार्यरत काभ्रेलीहरूको साझा संस्था, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको आठौँ अधिवेशन शनिबार (अक्टोबर ४, २०२५) सोलस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष सुमन चौलागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली राजदूतावास, सोलका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। बागमती प्रदेश सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष गौरव न्यौपाने, नेपाली सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष हर्क विष्टलगायत क्षेत्रीय संस्थाका प्रतिनिधिहरू विशेष अतिथिका रूपमा सहभागी थिए। नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईसहित विभिन्न जातीय संस्थाका प्रतिनिधि र काभ्रेलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। औपचारिक सत्रपछि बन्द सत्रमा संस्थाकोफुर्सदमा
राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
यतिबेला नेपाल अस्थिर र सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । मूलतः भाद्र २३ गते सुरु भएको जेन्जि आन्दोलन सोचेभन्दा फरक किसिमले अघि बढेपछि मुलुक आजको अवस्थामा आइपुगेको हो। दुई दिनमा देश नेतृत्वविहीन हुनु चानचुने कुरा थिएन। यो बीचमा थुप्रै अड्कलबाजी गर्न थालिसकिएको छ। तर लामो समयदेखिको जनताको असन्तुष्टि नै प्रधान भएर विस्फोट भएको हो, त्यसपछि बाँकी सहायक पाटो हुन्। भाद्र २३ गते स्थिर सरकार, देशमा भएको व्याप्त भ्रष्टाचारको अन्त्य लगायतका मुद्दा लिएर देशैभरि शान्तिपूर्ण रूपमा जेन्जिहरूले आन्दोलन सुरु गरे। तर सोही दिन काठमाडौँको प्रदर्शनमा एकाएक अप्रत्याशित रूपमा हिंसा भड्कियो। १९ जनाफुर्सदमा
अक्टोबर ४ मा काभ्रे सम्पर्क समितिको आठौँ अधिवेशन
दक्षिण कोरिया, सोल – काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो आठौँ अधिवेशन २०२५ अक्टोबर ४ तारिखमा आयोजना गर्ने भएको छ। यो अधिवेशन सोलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा हुनेछ। संस्थाले कोरियामा रहेका सम्पूर्ण काभ्रेली तथा नेपाली समुदायलाई यो अधिवेशनमा सहभागी भई एकताको सन्देश प्रवर्द्धन गर्न र महत्वपूर्ण छलफलमा योगदान पुर्याउन हार्दिक आमन्त्रण गरेको छ। अध्यक्ष सुमन चौलागाईँले फोनिज कोरियालाई दिएको जानकारीअनुसार, यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालका लागि संस्थाको कार्ययोजना, गतिविधि, र कार्यदिशा तय गर्नेछ। साथै, संस्थाको विधान, कोरियामा नेपाली समुदायले भोग्ने समस्या र समाधानका उपाय, तथा संस्थाकोफुर्सदमा
अक्टोबर ७ मा ‘टाशिडेलेक नाइट’
सोल, दक्षिण कोरिया – नेपाली प्रवासी समुदायको सक्रिय संस्था गोलोव गाईजले आफ्नो दशौंवार्षिकोत्सवको अवसरमा टाशिडेलेक नाइट डान्स पार्टी २०२५’ आयोजना गर्ने भएको छ । आगामी अक्टोबर ७ मा आयोजना गर्न लागेको ‘टाशिडेलेक नाइटको आधिकारिक पोस्टर आइतवार सार्वजनिक गरेका हुन । यो कार्यक्रम कोरियाको चाड छुसकको अवसरमा प्रवासीमजदुर र विद्यार्थीहरूका लागि ‘आपतकालीन सहयोग कोष’ स्थापना गर्ने उद्देश्यले आयोजनागरिएको आयोजकले बताएको छ । पोस्टर सार्वजनिक कार्यक्रम राजधानी सोलस्थित दोङदेमुनको निक नेपाल ट्राभल हलमा सम्पन्नभएको हो । कार्यक्रमको सहजीकरण संखुवासभा सम्पर्क परिवारले गरेको हो भने पूर्वी नेपालसमाज दक्षिण कोरियासँग आबद्ध २ वटा जातीयफुर्सदमा
सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
यात्राहरु सबै अपेक्षित मात्र हुँदैनन् ।सबै अनपेक्षित पनि त हुँदैनन्। बरु कहिलेकाहीँ नियमित यात्रा भित्रैबाट अनपेक्षित यात्रा तय भैदिन पुग्छ। समय र गतिको पुरक सम्बन्ध जस्तो। मानिसको जिवन नै त जन्मदेखि मृत्युबिचको यात्राहो। देश छोडेर पृथ्विको अर्को भुगोलमा पुगेको एक परदेशिको यात्रा पनि जिवनचक्र भित्रकै एउटा यात्रा नै त हो । आत्मिय मित्र तथा कवि समिर तामाङ बम्जनजीको “मजदुरको देश” शिर्षकको एउटा कवितामा , एउटा श्रमिक जहाँ श्रम गर्न पाउँछ र श्रमको सम्मान हुन्छ।त्यहि नै उसको देश हुन्छ भनेझैँ , घरिघरि हो कि जस्तो लागेर आउँछ। यस्तो लाग्नुको कारण आफैलेफुर्सदमा