अफगानिस्तानमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, काठमाडौंमा पनि धक्का महसुस


 
 
सोल – पाकिस्तान, भारत तथा नेपालसम्मलाई हल्लाउने गरी अफगानिस्तानलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ७ रेक्टरस्केलको शक्तीशाली भूकम्प गएको छ ।
 
भूकम्पमा ज्यान गुमाउनेको यकिन संख्या पत्ता नलागेपनि अफगानिस्तान, पाकिस्तान तथा उत्तरी भारतमा भूकम्पको ठूलो प्रभाव परेकोे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प लगत्तै ट्वीट गर्दै भारतसहित अफगानिस्तान तथा पाकिस्तानमा आवश्यक सहयोग पुर्याउन आफ्नो सरकार तयार रहेको बताएका छन् ।
 
हिन्दूकुश हिमालय क्षेत्रबाट ४५ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको जार्मलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ । भूकम्पपछि पाकिस्तानका केही टेलिभिजन च्यानलहरुले कार्यालय तथा निजी घरबाट मानिसहरु भागाभाग गर्दै गरेको दृश्य देखाएका छन् । पाकिस्तानको लाहोरसहितका थुप्रै शहरमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
 
श्रीनगरहित भारतका थुप्रै क्षेत्रमा समेत सञ्चार सेवा अवरुद्ध छ । अहिलेसम्म कम्तिमा पनि पाकिस्तानमा चार जनाले ज्यान गुमाइसकेको खबर छ । भूकम्पपछि भारतको राजधानी नयाँ दिल्ली तथा पाकिस्तानको राजधानी इस्लामावादमा ठूलै त्रास देखिएको छ । यस क्षेत्र भूकम्पिय जोखिमले उच्च मानिन्छ ।
 
यसअघि सन् २००५ मा पनि काश्मिरमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा जादाँ ७५ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए । यसै वर्ष नेपालमा गएको भूकम्पले समेत ठूलै क्षति निम्त्याएको थियो |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...