‘यादको सन्दुक’ सउलमा विमोचन


दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ दक्षिण कोरियामा विमोचन गरेको छ । आइतबार सउलमा इतर अभियानले आयोजित कार्यक्रममा विमोचन गरेको हो ।
नेपालमा २ हप्ताअघि विमोचन गरिएको कृति हङकङ साहित्यिक साँझ श्रृंखलामा पनि गतहप्ता विमोचन गरिएको थियो । यसअघि राष्ट्रिय दैनिक र अनलाइनमा कविता, कथा, गीत लेख्दै आइरहेको कवि दिपाले पहिलो साहित्यिक कोसेली ‘यादको सन्दुक’ ल्याएकी छिन् ।
विमोचनको दोस्रो भागमा कृति माथिको संवार्तामा मुख्य वक्ता पराजित पोमु, वक्ताहरुमा सेसेफुङ सेर्मा, सकुन आँशु र जीवन खत्री थियो । मुख्य वक्ता पराजित पोमुले कृतिमा जीबन, आर्दश, प्रेमहरु रहेको बताए । उनले भने, ‘प्रेममा पनि आशामुखी लेख्न सुझाए, किनकी आशाले जीवन जगाउछ, जीवन जिउने कला, खुशी रहेको बताए ।’
त्यस्तै अर्को वक्ता जीवन खत्रीले ‘यादको सन्दुक’ शिर्षकको कविता वाचन गर्दै मौलिक स्वाद रहेको बताए । कविताहरु हेर्दा सुन्दर रहेको र विम्बा, कला र कोरियोग्राफी, प्रेमका भावहरु रहेको बताए । वक्ता सेसेफुङ शेर्माले कविता पढिरहदा कवि दिपाले धेरै साधना, धेरै मेहेनत गरेर लेखेको कविताहरु रहेको बताए । उनले भने, ‘प्रवासमा रहेर दैनिक ८–१० घण्टाको कामपछिको केही समयलाई सदुपयोग गरेर लेखेका शिल्पा, विम्बाको दृष्ट्रिकोणले उत्कृष्ट रहेको छ ।’ त्यस्तै वक्ता शकुन आँशु अनुस्पस्थिति थियो । अनुस्पस्थिति भएपनि विचार, कृतिमाथिको चर्चा र सुुझावहरु सन्देशमार्फत पठाएको थिइन् ।
कृति लेखक दिपा मेवाहाङ राईले परदेशमा बसिरहदाको समयमा देश, गाउँघर, आमा, भाइ, आफन्त, प्रेम सम्बन्धका यादहरुको संकलनलाई ‘यादको सन्दुक’ नामकरण भएको बताइन् । उनले भनिन्, ‘यादको सन्दुकका कविताहरु प्रेम र बिछोडको कविता हो ।’
फिनिक्स बुकको प्रकाशनमा रहेको १०० पृष्ठ यादको सन्दुकमा ४८ वटा कविताहरु छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...