Tuesday, January 21st, 2020
माेना काेरियाकाे १३अाैं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा
प्रवासी म्याग्देलीहरूको गरिमामय साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले आफ्नो गौरवमय १३ औं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा भएकाे माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीले बताए। यहि २०२० जनवरी २५ तारिख साैल दाेङम्याे अाफमा रहेकाे नमस्ते रेष्टुरेण्टमा उक्त अधिबेशन अायाेजना गरिदैछ। कोरियाको महान चाड सलनालको अबसर पारेर गर्न लागेकाे उक्त अधिबेशनलाई सम्बाेधन गर्न बिभिन्न देश(जापान,अष्ट्रेलीया, न्युजिलेण्ड,युरोप,साउदी, कतार,दुबई,)का विशिष्ट अतिथिहरू अाउने भएका छन्। बिबिध सांस्कृतिक कार्यक्रममा जापान देखि नेपाली नाैमति बाजाका ग्रुप अाउने भएका छन्। काेरियामा रहेका नाैमति बाजा र अन्य सांस्कृतिक कार्यक्रम सहित अधिबेशन भब्य रूपमा सम्पन्न गरिने अध्यक्षफुर्सदमा