Thursday, December 12th, 2019
चुम्लुङ कोरियाद्वारा चासोक तङनाम मनाउने तैयारी पूरा
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बू जातिको महान चाड चासोक तङनाम मौलिक परम्परा अनुसार भब्य रुपले मनाउने भएको छ। उक्त तङनाम विषेश कार्यक्रम यहिँ डिसेम्बर १५ तारिखको दिन दोङ्देमुन स्थित सङ्बोक खुछङमा मनाउने तैयारी भइसकेको आयोजकले जनाएको छ। कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) सँगै नेपालबाट आमन्त्रण गरिएका कलाकारहरुको हाक्पारे, ख्याली पालाम सहितको बेजोड सांगीतिक प्रस्तुति हुनेछ। तङनाममा लिम्बू गायक डिल्ली फोम्बो र यादन सेर्मालाई आमन्त्रण गरिएको छ। यसैगरी कोरियामै रहेका कलाकार जोन तुम्बापो, अप्सन लिम्बू, सुदिप सेर्मा र युगल किशोर शेर्माले समेत आफ्ना प्रस्तुति राख्नेछन्।फुर्सदमा