Advertisement
SKIP THIS

कोरियामा मेरो फरक अनुभूति


कोरियामा आयोजना हुने धेरै कार्यक्रमहरुमा सहभागी हुने अवसर पाएको छ, । कही कतै सांस्कृतिक कार्यक्रम, कतै जातिय तथा कतै राजनैतिक कार्यक्रम । समय भन्दा निकै ढिलो शुरु हुने हामी नेपालीहरुको कार्यक्रमका आयोजक तथा दर्शक सबै करीब करीब चिरपरिचित अनुहारहरु हुन्छन् । तर सलनाल पछिको एक आईतबार भने एउटा फरक कार्यक्रममा सहभागी भई बेग्लै स्वादको आस्वादन गर्ने अवसर जुटेको थियो ।

 

कार्यक्रम थियो आदिवासी जनजाति पत्रकार महासंघ शाखा, दक्षिण कोरिया,  फोनिज डटकम कोरिया तथा पत्रकार महासंघ दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको एक दिने पत्रकारिता तालिम । गत २१ फरवरीमा सोल ग्लोबल सेन्टरमा आयोजित उक्त  कार्यक्रम विविध कारणले फरक किसिम तथा फरक उद्येश्यको थियो र यसका सहभागीहरु पनि फरक विचार र विश्वासले कार्यक्रममा  भाग लिन आईपुगेका थिए । आश्चर्य लाग्छ कोरियामा हुने कार्यक्रमहरुमा कहिलै नदेखिने अनुहारहरु, गृहुणीहरु समेत उत्सुक्ताका साथ सहभागी हुन आईपुगेका थिए ।

 

बडो शालिन तथा शान्त रुपमा संचालन भएको कार्यक्रममा नेपालबाट कान्तीपुर दैनिकका क्रियटिभ कोओर्डिनेटर तथा सह सम्पादक अखण्ड भण्डारीबाट कोरियामा रहेका ईच्छुक नेपाली नव पत्रकारहरुलाई एक दिने तालिम प्रदान गरिएको थियो र यो सबैको चाजो पांजो मिलाएका थिए कोरियामा रहेका पत्रकारिता क्षेत्रका एक हस्ती देवेन्द्र सम्बाहम्फेले ।  सम्बाहम्फेको पत्रकारिता प्रतिको लगन तथा भाषा माथिको पकड, बिषयबस्तुका अध्ययनले संधै मलाई आर्कर्षित गरेको छ । कोरिया र नेपाल बीचको मधुर सम्बन्धमा सम्बाहाम्फेले पत्रकारिताको माध्यमबाट एक पुलको काम गरेका छन् ।

 

बिहान छोटो तर निकै तिखखर उद्घाटन समारोहमा बागलुङ सम्पर्क समितीका अध्यक्ष यम श्रीसको उदघोषण लोभलाग्दो थियो । हप्ता भरि कम्पनीका कामबाट समय निकालेर भएपनि उपस्थित भएका ४० जना प्रशिक्षार्थीहरुमा नवजोश तथा नव उमंग थियो ।

 

उद्घाटन सत्रको औपचारिक समापन पछि म करीब ११ बजेतिर बाहिरिए । समापन कार्यक्रममा पनि उपस्थित हुने निम्तोलाई स्वीकारदै म पुनः करीब ५ .३० बजे कार्यक्रम स्थलमा पुग्दा सबैलाई प्रफूल्ल तथा उत्साहित पाए । कोही कसैको अनुहारमा थकान थिएन । दिनभरिको तालिमले सबैमा नयां जोश र उमंग छाएको पाए । कार्यक्रममा जिन्जुबाट आएकी थिइन् नेपाली चेली योगिता गौतम अर्थात किम यु मि | उनि कोरियामा गृहिणीको रुपमा आएकी हुन् | तालिम लीइ सकेपछी उनले पंक्तिकारलाई दिएको अभिव्यक्तिले मेरो मन साच्चै छुन पुग्यो ।  ‘दाजू साच्चै भन्ने हो भने यो कार्यक्रममा भाग लिएर ६ बर्ष पछि बल्ल मैले ज्ञानको ज्योति देख्न पाए ।’ ले भनिन | त्यो माहोलमा निक्कै प्रफुल्ल देखिएकी योगिताको आखाँ केहि  रसाएका थिए |

 

समाज परिवर्तन गर्ने एउटा आभियानको रुपमा संचालन गरिएको  कार्यक्रमको जति प्रंशसा गरे पनि कम हुन्छ । कार्यक्रमका आयोजक, प्रशिक्षक तथा सहभागीहरुमा मेरो साधुवाद ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...