कोरियन भाषा परीक्षा नेपाली बिद्यार्थीले नेपालमै दिन पाउने


सोल-दक्षिण कोरियामा पढ्न आउने नेपाली  विद्यार्थीका लागि खुशी खबर छ | यहाँ पढ्न आउनका लागि बिद्यार्थीले दिनुपर्ने टेष्ट अफ प्रफिसियन्सी इन कोरियन (टोपिक)को परीक्षा नेपालमै दिन पाउने व्यवस्था भएको छ ।

 

त्रिवि र कोरियन दूतावासबीत भएको सहमति अनुसार स्वदशमै टोपिकको परीक्षा भएको हो । यसअघि टोपिकको परीक्षा दिन भारत जानु पर्दथ्यो । त्रिवि अन्तर्गत विश्व भाषा क्याम्पसले टोपिकको परीक्षा लिने भएको हो ।

 

यो परीक्षा विश्वका ७३ मुलुकमा एक साथ सम्पन्न हुने गर्छ | यो अंग्रेजी भाषाको ‘टोफल ‘जस्तै प्राज्ञिक मान्यताका लागि लिने गरिन्छ | टोपीक हरेक बर्ष मार्च र नोभेम्बरमा संचालन हुने गर्दछ |

 

टोपीकको पहिलो र दोश्रो गरि दुई तह रहेका छन् | दोश्रो तहको परीक्षामा ६ ग्रेड हासिल गर्ने बिद्यार्थीले कोरियास्थित  बिश्वविद्यालयले छात्रवृति दिने गर्छ |

 

नेपालमा पहिलो पटक गत मार्चमा यो परीक्षा भएको थियो भने दोश्रो हिजो आइतबार सम्पन्न भएको छ | यसको नतिजा आउदो डिसेम्बर ३० मा सार्बजनिक गरिने कान्तिपुर दैनिकको समाचारमा उल्लेख छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...