Advertisement
SKIP THIS

विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न


कोरियाको आन्सान शहरमा वृहत दशैँ महोत्सव सम्पन्न भएको छ। अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान स्थित 화랑 유원지 पार्कमा सम्पन्न महोत्सवमा टीका जमारा ग्रहण साथै विविध साँस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रममा उपस्थितहरुले कोरियामा रहेका ८८ वर्षिय ज्येष्ठ नागरिक देउ कुमारी थापाको हातबाट टीका तथा जमरा ग्रहण गरेका थिए।

 

नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा विविध मनोरञ्जनात्मक सांगितिक एवम साँस्कृतिक झाँकिहरु प्रस्तुत गरिएको थियो। आन्सान स्थित कोरियन कलाकारको टोलीले नेपाली लोक धून ” रेशम फिरिरी…” बाद्यवादनबाट पस्केका थिए । यसैगरी कोरियन आरिराङ लगायतका धूनहरुले दर्शकलाई मोहित बनाएका थिए। आन्सानका तेक्वान्दो समूहले आफ्नो आकर्षक कलाद्वारा उपस्थितिको मन जितेका थिए। नेपाली कलाकारको टोलीबाट पञ्चेबाजा देखि विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत भएका थिए भने केहिले आफ्नो सुमधुर आवाजका माध्यमबाट गायन पस्केर दर्शकहरुलाई नचाएका थिए। यसैगरि विभिन्न स्टलहरुमा नेपाली मौलिक खानाका परिकारहरु थिए भने नेपाली तथा कोरियन परम्परागत पोषाकहरु पनि राखिएका थिए।

सोहि कार्यक्रममा नेपाल र कोरियाबीचको दौत्य सम्बन्ध ५० औँ वर्ष पूरा भएको उपलक्ष्यमा शुभकामना एवम उपहार आदानप्रदान गरिएको थियो। नेपाली राजदूतावासका कार्यबाहक राजदूत महामहिम पुष्पराज भट्टराई र आन्सान नगरका उप मेयर किम थे सुनबीच उपहार आदानप्रदान गरिएको थियो। नेपालको तर्फबाट एक थान आँखिझ्याल, एक थान खुकुरी र अर्गानिक चिया दिइएको थियो भने कोरियाको तर्फबाट हातद्वार निर्मित चिया कप सेट प्रदान गरेका थिए।

पाँच ‘स’ र एन आर एन ए कोरियाको मुख्य आयोजना रहेको कार्यकमलाई नेपाली राजदूतावासको समन्वय र नेपाली सम्पर्क समितीको सहजिकरण रहेको थियो भने कोरियामा रहेका विभिन्न संस्थाहरु आयोजकमा रहेका थिए। कार्यवाहक राजदूत महामहिम पुष्पराज भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई एन आर एन एका अध्यक्ष वुद्धि गुरुङले अध्यक्षता गरेका थिए। कार्यक्रम संयोजक एवं पाँच सका अध्यक्ष विष्णु थापाले आफ्नो अ्मूल्य समय दिएर कार्यक्रमलाई सफल बनाइएको प्रति उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...