Advertisement
SKIP THIS

किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा भाग लिन कोरिया आउदै नेपाली खेलाडी


जापानमा बसेर खेलक्षेत्रलाई अगाडि बढाउदै आएका किकबक्सिङका खेलाडी मोहन महर्जन दक्षिण कोरियामा हुनलागेको अन्तर्राष्ट्रिय स्तरको किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा सहभागि हुने भएका छन् । यहि १४ तारिख शनिबार साँझ कोरियाको इन्छनस्थित नाम्दोङ्ग जिम्नासियममा हुन गइरहेको ६८ केजी अन्तर्गतको उक्त खेलमा महर्जन कोरियाका K-1 वल्र्ड म्याक्स टुर्नामेन्ट खेलाडी लि सङह्योङसँग भिडने भएका छन् ।
सन् २००९ मा जापानमा आयोजित मार्शल आर्ट किकबक्सिङमा उत्कृष्ट भएका मोहन महर्जनले जापानमा भएको प्रोफेसनल २७ खेलमा भाग लिइसकेका छन् । जसमा अहिलेसम्म १२ वटा खेलमा जित हासिल गरिसकेका उनले कोरियामा हुन लागेको खेलमा पनि पूर्ण तयारीकासाथ सहभागिता जनाउने बताएका छन् ।  ‘विश्व च्याम्पियन भइसकेका कोरियाका चर्चित खेलाडि लि सङह्योङसँग खेल्न पाउनु नै ठुलो सौभाग्य हो । सँगै भिड्न पाउँदा नर्भस भन्दा नि अति नै खुशी लागेको छ’, फोनिज कोरियासँगको अनलाइन कुराकानीमा उनले भने । ‘खेलमा हारजित त भइहाल्छ नि तै पनि जतिसक्दो जितेर नेपालको झण्डा फहराउने प्रयास गर्नेछु । नेपाललाई विश्वसामु चिनाउने यो राम्रो अवसर पनि हो’, उनले भने ।

mohann
कोरियामा हुन लागेको खेलमा सहभागिता जनाउन उनी जापानबाट १३ तारिख नै कोरिया आउने छन् । दिनको तीनचार घण्टा अभ्यासमा जुटिरहेका महर्जन खेलको लागि पुरा तयारीमा रहेका छन् । जापानबाट सहभागि भएपनि नेपालको झण्डा फहराउने भएकोले कोरियामा रहेका सम्पूर्ण नेपाली, राजदूतावास तथा कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थालाई कार्यक्रममा उपस्थिति जनाएर हौसला प्रदान गरिदिन पनि उनले आग्रह गरेका छन् ।
विगत १५ वर्षदेखि जापानमा बसेर मार्शलआर्ट खेलको माध्यमबाट नेपाललाई चिनाउदै आएका मोहन महर्जन ड्रयागन उपनामले समेत चिनिन्छन् । जापानमा नेपालकै पहिलो प्रोफेसनल खेलाडी महर्जन जापान बाहेक युरोपमा भएको अन्र्तराष्ट्रिय स्तरको ग्लोरी टुर्नामेन्टमा समेत सहभागिता जनाइसकेका छन् ।

mm
ललितपुर सुनाकोटीका महर्जन नेपालमा हुँदा पनि कँरातेका राम्रा खेलाडी थिए । सन् २०००मा काठमाडौंस्थित जापानीज दूतावासमा जापानीज भाषा सिकेर परिक्षामा उत्कृष्ट भएपछि नेपाल र जापानको साँस्कृतिक आदानप्रदान गर्ने कार्यक्रम अन्तर्गत पहिलो पटक जापान जाने अवसर मिल्यो । पछि जापान आउने जाने क्रममा जापानको राजधानी टोकियोमा नै विवाह गरेर बसेका महर्जनले एकदिन जापानमा भएको K-1 अन्तर्राष्ट्रिय किकबक्सिङ  टेलिभिजनमा हेर्दै थिए । नेपालको सहभागिता नदेखेपछि उनलाई किकबक्सिङ खेल्ने जोश चल्यो । त्यसपछि उनले २००६ मा किकबक्सिङको प्रशिक्षण लिए । २००७ मा प्रोफेसनल किकबक्सिङको लाइसेन्स लिएपछि उक्त खेललाई निरन्तरता दिन थाले ।

 

विदेशमा बसेपनि नेपाली हुनुमा गौरव गर्ने महर्जन भन्छन्, ‘म जापानमा हुने हरेक टुर्नामेन्टहरुमा नेपालको झण्डालाई फहराउदै नेपाल र नेपालीको शिरलाई उच्च पार्ने काम गर्दै आएको छु ।’ शरीरले साथ दिएसम्म खेलजतमै लागिराख्ने महर्जनले खेलको माध्यमबाट नेपाललाई विश्वमा चिनाउने लक्ष्य लिएका छन् । भन्छन्, ‘म यहाँसम्म आइपुग्नुमा मेरो मेहेनत र परिश्रमसँगै जापानमा रहेका नेपालीहरुको साथ र हौसला पनि हो ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...