Advertisement
SKIP THIS

कोरियामा रेशम फिलिलि


फोनिज कोरिया सम्वाददाता

दक्षिण कोरिया, पछिल्लो समय दक्षिण कोरियाका विभिन्न शहरहरुमा नेपाली चलचित्र प्रदर्शन गर्ने लहर नै चलेको छ । जसले गर्दा प्रवासमा रहेका नेपालीहरुले पनि नेपाली चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् । यसै क्रममा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियाको विभिन्न शहरहरुमा नेपाली कथानक चलचित्र रेशम फिलिलि प्रदर्शन गर्ने भएको छ ।

नेपाली भाषा, कला, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले थेगु शहरको सगु मुन्ह्वा हेग्वान थेगुमा मे महिनाको ३ तारिख आइतबार दिनको १ बजे पहिलो प्रर्दशन गर्ने भएको छ । चलचित्र हेर्नको लागि १५ हजार कोरियन वन टिकट दर राखिएको छ । दिनरात काम गरेर थाकेको तन र मनलाई हाँस्य प्रधान चलचित्र रेशम फिलिलिले फ्रेस बनाउने आशा आयोजकले लिएको छ । चलचित्र प्रदर्शन पछि अन्नपूर्ण सेवा समाजले आपतकालिन राहतकोष स्थापनार्थ संचालन गरिरहेको चिठ्ठा पनि खोलिने भएको छ ।

अप्रिल २४ अर्थात् बैशाख ११ गते नेपालमा पहिलो पटक प्रदर्शन हुन लागेको चलचित्रको पिरतीको छाता ओढाउन, तिमी र म घुम्न जाउन बोलको गीतले अत्यधिक चर्चा पाएको छ ।

असहाय, गरिवि र पिछडिएका वर्गको उठानका साथै उनीहरुलाई आयमूलक काम दिलाउने, गरिव तथा जेहेन्दार बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउने एवं ओखलढुंगा जिल्लाको लागि एम्बुलेन्स र गुम्बा निर्माण जस्ता सामाजिक कार्यका लागि सहयोग गर्ने लक्ष्यसहित कोरियामा केही समय अघिमात्र स्थापित ओखलढुंगा सेवा समाजले कोरियामा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै आर्थिक रकम संकलन गर्नको लागि पनि पहिलो पटक नेपाली चलचित्र प्रर्दशन गर्न लागेको ओखलढुंगा सेवा समाज, दक्षिण कोरियाका अध्यक्ष मानसिंह गुरुङ बताउँछन् ।

चारसय ६० जना अटन सक्ने सिट क्षमता भएको थेगुको हलमा दर्शकको उल्लेख्य सहभागिता रहने आशा गर्दै अध्यक्ष गुरुङले विभिन्न संघसंस्था एवं कोरियामा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनी सबैलाई चलचित्र हेरिदिनको लागि आग्रह समेत गरेका छन् । उनका अनुसार उक्त चलचित्र मे महिनाको २४ तारिख जेजुदोमा प्रर्दशन गरिने भएको छ । त्यसैगरी सउल, आनसान, ख्वाङजु, देजन, किम्हेलगायतका विभिन्न शहरहरुमा समेत प्रदर्शन गरिने भएको छ ।

प्रणव जोशीको लेखन तथा निर्देशन र माधव वाग्लेको निर्माणमा बनेको हाँस्यप्रधान चलचित्र रेशम फिलिलिमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासियाको मुख्य अभिनय रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...