कोरियामा रेशम फिलिलि


फोनिज कोरिया सम्वाददाता

दक्षिण कोरिया, पछिल्लो समय दक्षिण कोरियाका विभिन्न शहरहरुमा नेपाली चलचित्र प्रदर्शन गर्ने लहर नै चलेको छ । जसले गर्दा प्रवासमा रहेका नेपालीहरुले पनि नेपाली चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् । यसै क्रममा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियाको विभिन्न शहरहरुमा नेपाली कथानक चलचित्र रेशम फिलिलि प्रदर्शन गर्ने भएको छ ।

नेपाली भाषा, कला, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले थेगु शहरको सगु मुन्ह्वा हेग्वान थेगुमा मे महिनाको ३ तारिख आइतबार दिनको १ बजे पहिलो प्रर्दशन गर्ने भएको छ । चलचित्र हेर्नको लागि १५ हजार कोरियन वन टिकट दर राखिएको छ । दिनरात काम गरेर थाकेको तन र मनलाई हाँस्य प्रधान चलचित्र रेशम फिलिलिले फ्रेस बनाउने आशा आयोजकले लिएको छ । चलचित्र प्रदर्शन पछि अन्नपूर्ण सेवा समाजले आपतकालिन राहतकोष स्थापनार्थ संचालन गरिरहेको चिठ्ठा पनि खोलिने भएको छ ।

अप्रिल २४ अर्थात् बैशाख ११ गते नेपालमा पहिलो पटक प्रदर्शन हुन लागेको चलचित्रको पिरतीको छाता ओढाउन, तिमी र म घुम्न जाउन बोलको गीतले अत्यधिक चर्चा पाएको छ ।

असहाय, गरिवि र पिछडिएका वर्गको उठानका साथै उनीहरुलाई आयमूलक काम दिलाउने, गरिव तथा जेहेन्दार बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउने एवं ओखलढुंगा जिल्लाको लागि एम्बुलेन्स र गुम्बा निर्माण जस्ता सामाजिक कार्यका लागि सहयोग गर्ने लक्ष्यसहित कोरियामा केही समय अघिमात्र स्थापित ओखलढुंगा सेवा समाजले कोरियामा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै आर्थिक रकम संकलन गर्नको लागि पनि पहिलो पटक नेपाली चलचित्र प्रर्दशन गर्न लागेको ओखलढुंगा सेवा समाज, दक्षिण कोरियाका अध्यक्ष मानसिंह गुरुङ बताउँछन् ।

चारसय ६० जना अटन सक्ने सिट क्षमता भएको थेगुको हलमा दर्शकको उल्लेख्य सहभागिता रहने आशा गर्दै अध्यक्ष गुरुङले विभिन्न संघसंस्था एवं कोरियामा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनी सबैलाई चलचित्र हेरिदिनको लागि आग्रह समेत गरेका छन् । उनका अनुसार उक्त चलचित्र मे महिनाको २४ तारिख जेजुदोमा प्रर्दशन गरिने भएको छ । त्यसैगरी सउल, आनसान, ख्वाङजु, देजन, किम्हेलगायतका विभिन्न शहरहरुमा समेत प्रदर्शन गरिने भएको छ ।

प्रणव जोशीको लेखन तथा निर्देशन र माधव वाग्लेको निर्माणमा बनेको हाँस्यप्रधान चलचित्र रेशम फिलिलिमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासियाको मुख्य अभिनय रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...